कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवालले सुशासनको प्रत्याभुती दिलाउन सबैले आ आफ्नो जिम्मेवारी वहन गर्नु पर्ने बताउनु भएको छ । जनतालाई सहज र भेदभावरहित सेवा प्रदान गर्नका लागि सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भएको हो ।पालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन जारी गर्दै बडुवालले कार्यालयमा उपस्थित भईसकेपछि विशुद्ध जनताको सेवामा लाग्नु पर्ने र आचरण र अनुशासनको पालना अनिवार्य गर्नुपर्ने भयो । उहाँले पालिकामा कर्मचारीले पोषाक नलगाएको भन्दै कर्मचारी हो कि, सेवाग्राही हो भन्ने छुट्याउनै मुस्कील भएको हुँदा शुक्रवार वाहेक अन्य दिन अनिवार्य रुपमा पोषाक लगाएर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभयो ।
उहाँले विदा स्वीकृत गराउने देखि कार्यालय समयमा वाहिर जाँदा अनिवार्य रुपमा लगबुक भरेर मात्र कार्यालय वाहिर जान निर्देशन दिनुभएको छ । उहाँले मुख्य गरि पालिकाले खरिद गरेका मोटरसाईकलहरु सरकारी नम्बर प्लेटमा नभई निजि नम्बर प्लेटमा रहेको हुँदा जुन शाखामा मोटरसाईकल रहेका छन अनिवार्य रुपमा पुष मसान्त भित्र सरकारी नम्वर प्लेटमा ल्याउन समेत निर्देशन दिनुभयो ।
सरकारी मोटरसाईकल निजि नम्वर प्लेटमा चलाउनु गैरकानुनी काम हो । उहाँले भन्नुभयो, जस्ले मोटरसाईकल चलाईरहनु भएको छ । उहाँले पुष मसान्त भित्र विलवुक नविकरण र सरकारी नम्वर प्लेट राखी लागत खर्च पालिकामा पेश गर्न निर्देशन दिनु भएको छ । उहाँले यसो नगरको खण्डमा ट्राफिकलाई पत्र लेख्ने र जफत गरि पालिकाको मातहतमा राख्ने समेत बताउनु भएको छ ।
यस्तै उहाँले खरिद योजना व्यवस्थापन, बिल भरपाई तथा लागत अनुमान, काज तथा भ्रमण आदेश स्विकृत, टिप्पणी,तोक आदेश र पत्राचार सम्वन्धमा पनि निर्देशन दिनु भएको छ । उहाँले पालिकालाई समृद्ध वनाउनका लागि र यहाँको नागरिकहरुलाई सरकार हाम्रो भन्ने अनुभुती दिलाउनका लागि सबैले आ आफ्नो जिम्मेवारीमा रहेर तोकिएको निर्देशन पालना गर्न सुझाव दिनुभयो । उहाँले कुनै समस्या आएको खण्डमा बसेर छलफल गरि निष्कर्ष निकाल्ने र प्रतेक शुक्रवार विहान ३० मिनेट साप्ताहिक प्रगतिका विषयमा समेत छलफल गर्ने बताउनु भएको छ ।

प्रमुख प्रशासकिय अधिकृतले जारी गरेको निर्देशन सबैले कार्यान्वयन गर्ने कर्मचारीले प्रतिबद्धता जनाएका छन ।
तिलाप्रेस । १९ पुष २०८१, शुक्रबार २१:२८