प्रेस सेन्टर नेपाल कालीकोट अध्यक्षमा आचार्य

कालिकोट प्रेस सेन्टर नेपाल कालीकोटको अध्यक्षमा बिरेन्द्र आचार्य दोहोरिएका छन । शुक्रवार भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन अध्यक्षमा दोहोरीएका हुन भने उपाध्यक्षमा पूर्ण सिंह बम, सुरशा नाथ योगी, सचिव कमल बुढा, सहसचिव दिनेश फर्साल र धन बहादुर शार्की,कोषाध्यक्षमा कमल कुमाल वरिष्ठ सदस्यमा केशव शाही, सजिप्ता बम,सदस्यहरु –टिकाराज उपाध्याय, दिलिप चौलागाई, कल्पना चौलागाइँ, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की,तिलक विष्ट र एक सदस्य खाली(तिलागुफा) रहेका छन।

तेस्रो जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी सहितका सदस्यलाई प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दिपेन्द्र शर्मा सहितको उपस्थितिमा धन्यवाद प्रदान गरिएको छ ।

उक्त अधिवेशनबाट निर्वाचित पदाधिकारीका तर्फबाट नवनिर्वाचित अध्यक्ष बिरेन्द्र आचार्यले प्रतिवद्धता व्यक्त गर्दै यस अघिको कार्यकालमा संगठनको लागि निरन्तर काम गर्दै आएको र अधुरा कामको पूर्णता दिने बताएका छन । तेस्रो अधिवेशनबाट प्रेरणा विक लगायतका ६ जना प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधिमा रुपेन्द्र ऐडी सहित ४ जना चयन गरिएको नवनिर्वाचित अध्यक्ष विरेन्द्र आचार्यले जानकारी दिएका छन ।

तेस्रो जिल्ला अधिवेशनमा प्रेस सेन्टर का केन्द्रिय सदस्य रत्न कार्की , प्रेस चौतारीका तर्फबाट काली बहादुर मल्ल, खडानन्द अधिकारी, प्रेस युनियनको तर्फबाट जिल्ला अध्यक्ष नमराज योगी सहित नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रिय सदस्य तुलाराम पाण्डे, नेकपा (माओवादी केन्द्र )का तर्फबाट जिल्ला सचिव सरोज बोगटी लगायतले शुभ कामना मन्तव्य दिएका थिए ।कर्णाली संचार बाट साभार

तपाईको प्रतिक्रिया