कालिकोट :कर्णाली नदिमा डोजर पल्टीदा वेपत्ता भएका कुस्माखर संज्यालको खोजिकार्यका लागी सुर्खेत देखी गोदाखोरको टोलि कालिकोट आईरहेकाे छ ।
पोैष १२ गते अपरान्न ५ बजे तिर पचालझरना ८ चाटेबगर स्थित कर्णाली नदिमा डोजर तार्नेक्रममा डोजर पल्टीदा डोजर सहित उहाँ नदीमा बेपत्ता हुनुभएको थियो ।
गाँउपालिका वडा नं ८ को चाटेवगर देखि पचालझरना गाउँपालिका वडा नंं ४ जारकोट जाने क्रममा कर्णालि नदीमा डोजर पल्टिए पछि चालकसंगै रहेका निर्माण ब्यवसयीका प्रतिनिधि कुस्माखर संज्याल बेपत्ता हुनुभएको थियाे भने चालककाे सकुशल उद्वार गरिएको थियाे ।

वेपत्ता संज्यालको खोजिकार्यका लागी प्रहरी चौकी पचालझरना,शान्तिघाट, खुलालुको टोलिले निरन्तर रुपमा खोजिकार्य गरिरहेको र दैलेख,अछाम,कैलाली सम्म पनी प्रताचार गरि सकेको प्रहरी निरिक्षक गोबिन्द चौधरीले जानकारी भएको छ ।
तिलाप्रेस । १५ पुष २०८१, सोमबार १८:५६