जोखिममा रहेका बालबालिकालाई न्यानो कपडा वितरण

छत्र रोका मगर।
कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ४ ५ ६ का जोखिममा रहेका बालबालिकालाई न्यानो कपडा सोमबार वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजना अन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ,भिडिसेफ नेपाल कालीकोटको सहजीकरण र शुभकालिका गाउँपालिकाको समन्वयमा १ सय २० जना जोखिममा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त कार्यक्रममा शुभकालिका गाउँपालिकालाई विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्री, १६ लाख २६ हजार सात सय ४६ रुपैया बराबरको सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

जसमा केन्डर पिफेब ,केन्डर पिफेब २ कोठे ट्वाइलेट र किशोरी किट, किचेन किट, बेबी किट, तारपेलेन , सेनेटरी किट लगायतका किटहरू हस्तान्तरण गरीएको थियो । यस्तै विद्यालयलाई आवश्यक पर्ने डस्टर ,ह्वाइटबोर्ड, मार्कर, कार्पेट ,लगायतका सामग्रीहरू गाउँपालिकालाई समझदारी पत्र सहित हस्तान्तरण गरिएको छ ।

सेभ द चिल्ड्रेनले उक्त गाउँपालिकाका वडा हरुमा ७ लाख १२ हजार एक सय ९२ रुपैया बराबरको न्यानो कपडा ज्याकेट, टाउजर ,टोपी लगायतका सामग्री शुभकालिका गाउँपालिका वडा नं १ देखि ८ वडा सम्म जोखिममा रहेका बालबालिकालाई वितरण गरिने सेभ द चिल्ड्रेनका परियोजना संयोजक टिकाराम नेपालीले बताउनु भयोे । सोमबार वडा नं ४ ५ ६ लाई बितराण गरीएको र आगामी दिनमा अन्य वडा मा न्यानो कपडा र बिपद्का सामाग्री अरु बितरण गरीने बताउनु भयो । उक्त कार्यक्रममा चिसो मौसममा न्यानो कपडा पाउँदा आफ्नो छोरी लाई केही राहत भएको वडा नम्बर ४ की पानकौरा सुनारले सुनाउनु भयो ।

यस्तै वडा नं ५ का वर्ष १४ का अर्जुन परियारले आफ्नो घरमा बाबाले काम गरेर ल्यको पैसाले खान लाउन धौधौ भएका बेला सेभ द चिल्ड्रेनले न्यानो कपडा सहयोग गर्दा बाबू छोरा खुसी भएको सुनाए । आफ्नो बुबाले लुगा शिलाएरै भएपनि घरको छाक टारीरहेका बेला न्यानो कपडा पाउदा झन खुसी भएको समेत बताए । वडा नं ६ कि बिन्दु विश्वकर्माले राहतहरू न्यानो कपडा वितरण हुदाँ केही दिन चोसो टर्ने बताउनु भयो । अफ्नो बुढा भारत लगाएतका ठाउँमा गएर कमएर ल्याउने र त्यो पैसाले खान लाउन ठिक्क हुने बताउनु भयो ।

राहात बितरण गर्ने सेभ द चिल्ड्रन लगाएत सम्पूर्ण स्थालाई धन्यवाद समेत दिनु भएको थियो । उक्त राहत एक वर्ष देखि १९ वर्ष मुनिका बालबालिकाहरूलाई वितरण गरिएको भेडिसेफ नेपाल कालीकोटका शिक्षा अधिकृत हस्त रोकायाले बताउनु भयो । शुभकालिका गाउँपालिका १ देखि वडा नं ८ सम्मका जोखिममा रहेका ३ सय २५ जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिने रोकायले जान्कारी दिनु भयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले यस्ता खालका राहतका कार्यक्रमहरू निरन्तर ल्याउने र वितरण गरिरहने बताउनुभयो । अहिले पनि भिडिसेफ नेपाल , सेभ द चिल्ड्रेन लगाएता संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्दै विभिन्न राहतका कार्यक्रमहरू बितरण गरिरहेको सुनाउनु भयो ।

उक्त राहातका सामाग्री हरु गाउँपालिकाको स्टोर शाखामा सुरक्षित रहने र बिपद् परेका बेला गाउँपालिकाबाट वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनुभयो । योभन्दा पहिलेका दिनहरूमा पनि गाउँपालिकाले थुप्रै राहात सहयोग ग्रदै आएको र अहिले पनि गरिरहेको र आगामी दिनमापनि गरिरहने उपाअध्यक्ष शाहीले बताउनुभयो।

उक्त कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्क्षता  गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको प्रमुख आतिथ्यता र शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीकाे विशेष आतिथ्यता, वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप प्रसाद चौलागाईं वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही वडा नम्बर ६ का वडाध्यक्ष एवं शुभकालिका गाउँपालिका प्रवक्ता दीप बहादुर शाही, वडा नम्बर ७ का वडाध्यक्ष प्रेम बहादुर शाही र वडा नम्बर ८ का वडाध्यक्ष दिपराज महतारा स्थानीय जनप्रतिनिधि शिक्षा शाखा प्रमुख नवराज आचार्य र जोखिममा रहेका बालबालिका लगायतको सहभागितामा न्यानो कपडा वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया