कमल कुमाल कालिकोट
पचालझरना गाउँपालिका सरकारले गरेका गतिविधि जनतामाझ सार्वजनिक गरिएको छ । कालीकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा पालिका सरकारले गरेका गतिविधि जनतामाझ सार्वजनिक गरिएको हो । आर्थिक वर्ष ८०÷०८१ मा विनियोजित बजेट, योजना, नीति निर्माण तथा खर्चका बारेमा गाउँपालिकाले वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण नागरिकलाई राखेर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीको सभाअध्यक्षता , उपाध्यक्ष अल्कीना बम वविताको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत जनक शर्मा, ,सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितीमा सार्वजानीक सुनुवाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन जनप्रतिनिधी र कर्मचारी गरेका थिए । उनीहरुले सेवा प्रभावकारी बनाउन र कमीकमजोरी हटाउन सार्वजनिक सुनुवाइ गरेको बताए । सरकार र सार्वजनिक संघ संस्थाको बारेमा जान्न बुझ्न पाउनु नागरिकको हक अधिकार रहेकाले सार्वजनिक सुनुवाइ गरिएको उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताउनु भएको छ






तिलाप्रेस । १४ पुष २०८१, आईतवार १७:३३