कालिकोट : कालिकोट जिल्लाकाे पचालझरना गाउँपालिकाले बाढी पहिराे पिडितलाई राहत वितरण गरेकाे छ। पचालझरना गाउँपालिका भित्रका बाढी पहिराे पिडितलाई राहत वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष देवराज शाहिले बताउनु भएको छ ।
गाउँपालिकाले वडा नम्बर १ देखि ९ सम्मका २० घर परिवारलाई गाउँपालिकाले राहत स्वरुप सिरक,डसना,नुन,तेल , दाल र चामल दिइएकाे गाउँपालिका उपाध्यक्ष अल्कीना बम ले बताउनु भयाे ।
पालिका भित्र बाढी पहिराे र अविरल वर्षाले घरमा पुर्ण क्षति भएका कुल २० परिवारलाई राहत वितरण गरिएको उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहिले जानकारी दिनुभएकाे छ ।

उक्त राहत बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज शाही,उपाध्यक्ष अल्कीना बम (वविता) वडा नं.७ का वडा अध्यक्ष कल बहादुर ऐडी विपद व्यावस्थापन शाखा प्रमुख नमराज संज्याल लगाएतले पहिरो प्रभावितलाई राहत वितरण गरेको हुँन । राहत पाउँदा त्यहाँका स्थानीय हरु खुशी भएका छन् ।




तिलाप्रेस । १२ पुष २०८१, शुक्रबार १२:०९