नेकपा माओवादी केन्द्र स्वामिकार्तिक गाउँपालिकाकाे दाेस्राे अधिवेशन सम्पन्न

धनकर्ण बिश्वकर्मा कालिकोट : नेकपा (माओवादी केन्द्र) स्वामिकार्तिक गाउँपालिकामा पालिका स्तरिय द्राेस्राे अधिबेशन सम्पन्न भएकाे छ ।

शनिबार एक कार्यक्रममा बिच उक्त अधिबेशन सम्पन्न भएकाे स्वामिकार्तिक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा यूवा नेता अजय बिकले बताउनु भयाे ।

कार्यक्रममा रन्दिप बुढाकाे सभाअध्यक्षता तथा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश की महिला नेत्री कमला शाहको प्रमुख आतिथ्यता , प्रदेश कमिटी सदस्य मिलन खत्री , वडा न १ का वडा अध्यक्ष तथा यूवा नेता अजय विश्वकर्मा, जिल्ला कमिटी सचिव रमेश विश्वकर्माको विशेष आतित्थ्यमा कार्यक्रम  सम्पन्न भएकाे हाे । साथै उक्त कार्यक्रममा रन्दिप बुढाको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिती समेत गठन गरिएको छ।

त्यस्तै  अध्यक्षमा रन्दिप बुढा,उपाध्यक्षा जयरुप जैशि ,साउने बिक , रिता बुढा राेकाया ,काेषाध्यक्षमा जंगकैला,सचिवमा दन्त सह सचिवमा उजल बिक लगाएत ४५ जना नयाँ कार्य समिति गठन गरिएको जनाएको छ  ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न  भएकाे वडा अध्यक्ष  बिकले बताउनु भयाे । कार्यक्रमकाे संचालन भने सहविर विश्वकर्मा ले गर्नु भएकाे थियाे ।।

तपाईको प्रतिक्रिया