कालीकाेट,नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक काममा परिचालित हुने गरी सय दिने विशेष अभियानको घोषणा गरेको थियो । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेअनुसार सोमबार कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ मा एक कार्यक्रमका बिच सम्मपन्न गरीएको छ ।
शुभकालिका गाउँकार्यसमीतिका सभापति दिर्घ बहादुर शाहीको सभा अध्यक्षता,जिल्ला सभापति अम्म बहादुर शाहीको प्रमुख आतिथ्यता र जिल्ला उपसभापति नन्द बहादुर शाहीको विशेष आतिथ्यता,महासमिति सदस्य धर्मकला शाही ,महाधिवेशन प्रतिनिधि प्रेम बहादुर शाही लगाएत जिल्लाका नेता हरुको विशेष सहभागीतामा सय दिने विशेष अभियान सम्मपन्न भएको थियो । उक्त कार्याक्रममा जिल्ला सदस्य पपेन्द्र बिश्वक्रर्मा ,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य केशर जंङ्ग बम , जिल्लाका अध्यक्ष दिर्घ बहादुर शाही लगाएतका युवा नेताहरुको उपस्थिति रहेको थियो । कार्तिक २५ गते बाट सुरु भएको सांगठनिक विशेष अभियान अन्तर्गत मंसिर २४ गते सम्पन्न गरीएको छ ।
उक्त कार्यक्रमा माओवादी पार्टी परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमा बोल्दै पार्टि जिल्ला सभापति शाहीले भन्नु भयो । नेपाली कांग्रेस कालीकोट बिगतका दिनहरु भन्दा अब फरक तरीकाले संगठन सुद्रीकरण हुने पार्टिका सबै तहका कार्यसमिति भातृ तथा शुभेच्छेक संस्था हरु थप चलाएमान हने विश्वासका साथ लागी रहेको बताउनु भयो । नेपाली कांग्रेस कालीकोटका उपसभापति नन्द बहादुर शाहीले माओवादी पार्टि बाट प्रवेश गर्नु भएका ब्यक्ती हरुलाई स्वागत गर्नुका साथै नेता कार्यकर्ताको सम्बन्ध जहिले सुमधुर हुनु पर्ने बताउनु भयो ।
तिलाप्रेस । २४ मंसिर २०८१, सोमबार १९:४५