कालिकोट नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा कमिटि अध्यक्ष दाने सावदको अध्यक्षतामा संचालन भएको वडा सम्मेलनको प्रमुख अतिथि प्रदेस कमिटि सचिवालय सदस्य तथा सान्नी त्रिवेणी गाउँपालिका ईन्चार्ज सैलजा बम रहनु भएको थियो अतिथिमा प्रदेस कमिटि सदस्य मोहन बहादुर केसी महेस,भरत विक, नहकुल संज्याल, देवनारायण संजयाल वर्ग गाउँ कमिटि अध्यक्ष हर्क बहादुर ऐडि तिर्थ, सचिव प्रभु धामी विद्यार्थि नेता पार्वति संज्याल लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा वडा सम्मेलन भएको हो । नेकपा माओवादी केन्द्रले अहिले प्रतेक वडाहरुमा पुगेर वडा सम्मेलनहरु गरिरहेको छ ।
वडा कमिटिलाई चलायमान बनाउने र पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने उद्देस्यले वडा सम्मेलन गरिरहेको पार्टी इन्चार्ज शैलजा बमले बताउनु भयो । आज सम्पन्न भएको वडा सम्मेलनले गंगाराम संज्याल अटलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसमा दल दर्जि उपाध्यक्ष, सम्फु लुवार उपाध्यक्ष, विर धामी सचिव, जया लुवार र छिता लुवार सहसचिव, जंग सावद कोषाध्यक्ष रहने गरि सर्वसम्मत रुपमा २९ सदस्यीय वडा कमिटि गठन गरिएको बताइएको छ ।
नव निर्वाचित वडा कमिटिलाई बधाई दिदै शैलजा बमले पार्टीको विधि र विधानमा रहि पार्टी संगठनलाई चलायमान बनाउन सुझाव दिनुभयो । उहाँले पार्टीको नितिमा रहेर काम गर्न र पार्टी संगठनलाई सुदृढ गरि जनतामाझ विस्वास जित्ने लाग्न निर्देशन दिनुभयो । जनतका हरेक सुख दुखमा पार्टी हुनुपर्छ । उहाँले भन्नुभयो, चुनाव र सम्मेलनको वेला मात्र जनता माझ जाने हैन । हरेक सुख दुखमा जनतासँग रहनु पर्छ । वडा कमिटिले वडाका प्रतेक समुदाय सँग नजिक रहेर उनिहरुको सारथी बन्नु पर्ने बताउनु भयो । राजनिती स्वार्थका लागि नभएर समाज सेवाका लागि हो भन्ने शन्देस अव माओवादी केन्द्र पार्टीले दिनुपर्ने महेस केसीले बताउनु भयो ।
उहाँले पालिकाका सबै वडाहरुको वडा सम्मेलन सम्पन्न गरेर पालिका सम्मेलन गर्ने समेत बताउनु भयो । उहाँले पालिकाको सरकारमा आफु रहेको हुँदा जनताका गुनासोहरुलाई सम्बोधन हुने गरि पालिका सरकारले काम गर्ने समेत बताउनु भयो ।
तिलाप्रेस । २३ मंसिर २०८१, आईतवार ०८:१४