कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नंं ७ को दुर्सि देखी जार्जकाँध सम्म जोड्ने सडकको पलाँता गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया (ईन्द्र) ले शुक्रबार एक कार्यक्रमका बिच उक्त सडकको सिलान्यास् गर्नु भएको छ ।
पलाँता गाउँपालिकाको आव २०८१÷८२ को विनियोजित बजेट अन्तगत वडा नं.७ को दुर्सि देखि जार्जकाँध सम्म सडक जोड्ने निति लिएसँगै आज उक्त सडकको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले बताउनु भएको छ ।
सिलान्यास कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष बिस्णुबहादुर रोकाया ,उपाध्यक्ष अलैपुरा हमाल (जैसि) वडा नं. १,२,४,६,७ र ८ का सम्मका सम्पूर्ण वडा अध्यक्ष , नेकपा माओवादी (केन्द्र) प्रदेश ख का संयोजक मानबहादुर भन्डारि पलाँता गाउँपालिका वरिष्ठ उपाध्यक्ष महेन्द्र बम (सौगात) युवा नेता जनराज बम लगाएत वडा नं. ७ का स्थानीय समुदायको उपस्थितिमा सडकको शिलान्यास गरिएको हो ।
सडकको सिलान्यास गर्दै अध्यक्ष रोकायाले हामिले दुर्सि देखि जार्जकाँध सम्म जोडने सडक एकदमै महत्व सडकको रुपमा लिएका छौं उहाँले भन्नुभएको छ । यहाँका नागरिकहरुलाई यातायातको पहुँचमा पुर्याउनका साथै खाध्यान्न बस्तु ढुवानी यातायातमा सहजता हुँने विश्वास लिएको समेत बताउनु भयो । सडक निमार्णका लागी गाउँपालीकाले ३० लाख रकम विनियोजन गरेको गाउँपालीका प्रवक्ता तिलक बुढाले बताउनु भएको छ ।
तिलाप्रेस । २१ मंसिर २०८१, शुक्रबार २०:१७