कालिकोट जिल्लाको सदरमुकाम मान्ममा पनी २१ ओैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवश मनाएको छ । बिविध स्वास्थ्य क्रियाकलापहरुमा महिला, सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका स्वास्थ्य समाज निर्माणमा सहभागीता भन्ने मुल नाराका साथ २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस भव्य र सव्य रुपमा मनाएको हो । २१ ओैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवश २०८१ को अवसरमा भिडिसेफ नेपाल,आइएनएफ नेपाल, लगाएतका साझेदार संघसंस्थको आर्थिक सहयोग,जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोट तथा खाँडाचक्र नगरपालिकाको आयोजनामा दिवस मनाएको हो ।
कार्यक्रममा खाँडाचक्र नगरपालिका कार्यवाहक नगर प्रमुख प्रभानन्द्र आचार्यको सभाअध्यक्षता, पूर्व वन तथा वातावरण मन्त्री माननीय दुर्ग बहादुर रावतको प्रमुख आतिथ्यता,नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य गंगा खड्का,नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष भरतराज विष्टको विशेष आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा ,सम्पूर्ण महिला स्वयमसेवीका,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी,सुरक्षाकर्मी लगाएतको उपस्थिती रहको थियो । २०४५साल देखि महिला स्वास्थ्य स्वयम सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका कार्य गर्दै आएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।
कार्यक्रममा विभिन्न जनचेतनामुलक साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरीएका थिए ।उक्त दिवस २०८१,को अवसरमा स्वयमसेविकाहरुलाई सम्मान सहित किवोर्ड मोवाईल , झोला, लगाएतका सामाग्री हरु प्रदान गरिएको थियो ।
तिलाप्रेस । २० मंसिर २०८१, बिहीबार १८:२१