कालिकोट प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिवृद्दि तालिम आज वाट सुरु भएको छ । समाज जागरण केन्द्र स्याक नेपालको आयोजना सेतो गुरास तथा बाल बिकास केन्द्रको समन्वयमा सुरु भएको १० दिने तालिममा एसएसपिमा छनौट परेका १५ विदयालयका बालविकास शिक्षकहरुको सहभागिता रहेको छ । शिक्षामा रुपान्तरण ल्याउनका लागि र शैक्षिक स्तर बृद्दिका लागि स्याक नेपालले सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाको स्थानिय शिक्षा योजना निर्माण देखि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिहरुको क्षमता विकास गर्नका लागि तालिमको आयोजना गर्दै आएको छ ।गुणस्तरिय शिक्षाका लागि बालवालिकालाई कसरी अव्वल बनाउन सकिन्छ भन्ने विषयमा यो तालिमको आयोजना गरिएको बालविकास संयोजक मदन तिरुवाले जानकारि दिनु भयो । विकसित देशमा आधारभुत तहका शिक्षकहरुलाई सम्मान दिने तर नेपालमा उच्च तहमा रहेका शिक्षकहरुलाई सम्मान गर्ने चलन रहेको बताउदै प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवालले आधारभुत तहका शिक्षकहरुको भुमिका मुख्य भएको हुदा उनिहरुको सम्मान गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले बालवालिकालाई कस्तो बनाउने र उनिहरुको क्षमता कसरी विकास गराउने भन्ने प्रमुख जिम्मेवारी बालविकास शिक्षकहरुको रहेको हुँदा यश तालिमवाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनु भयो । शिक्षामा परिवर्तन ल्याउनका लागि र गुणस्तरिय शिक्षाका लागि बालवालिकामा लगानि गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले शिक्षाको पहिलो खुड्किला बालविकास केन्द्र भएको हुँदा बालविकास केन्द्र बलियो भए गुणस्तरिय शिक्षा लागू गर्न कुनै कठिनाई नहुने उहाँले बताउनु भयो ।
गुणस्तरीय शिक्षाका लागि बालविकास केन्द्रका शिक्षकहरुका लागि यो तालिम निकै महत्वपुर्ण रहेको र यो तालिमवाट ज्ञान लिई आफु दक्ष्य बनेर सिकेका कुरालाई व्यवहारमा लागु गर्न सकेमा आगामि दिनमा शिक्षामा परिवर्तन ल्याउन कुनै समस्या नहुने बताउनु भयो । पालिकाले शिक्षकहरुको क्षमता विकास गर्नका लागि विभिन्न तालिमको आयोजना गरेको भएपनि त्यसको उपलब्धि राम्रो नभएको शिक्षा शाखा पर्नु मोहनविर धामिले बताउनु भयो ।
पुन पनि यो १० दिने तालिमको आयोजना गरिएको बताउदै तालिममा सिकेका कुरालाई कार्यानव्यन र व्यवहारिक रुपमा गुणस्तरीय सिकाइका लागि लागू गर्न पर्ने धामिले बताउनु भयो ।
तिलाप्रेस । १९ मंसिर २०८१, बुधबार ०८:४४