एकल तथा हिंसा पीडीत महिलालाई न्यानो कपडा वितरण

कालिकोट सान्नी त्रिवेणी गाउँपालिकामा रहेका ४२ जना एक तथा हिंसामा परेका महिलालाई न्यानो कपडा वितरण गरिएको छ । सान्नी त्रिवेणी गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाईटी, किर्डाक नेपाल, सादा नेपाल र प्लानको आर्थिक सहयोगमा एकल तथा हिंसा पीडीत महिलालाई न्यानो कपडा वितरण गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम तथा र्यालीमा खर्च गर्ने पैशालाई उनिहरुको जिवन रक्षाका लागि न्यानो कपडा वितरण गरिएको हो ।

अन्य पालिका तथा जिल्लामा कार्यक्रम तथा र्याली गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालेपनि सान्नी त्रिवेणी गाउँपालिकाले भने फरक तरिकाले यो अभियान मनाउन थालेको हो । विभिन्न हिंसामा परेका पीडीत महिला र एकल महिलालाई चिसोमा न्यानो होस भन्ने हेतुले अभियानको अवसर पारेर न्यानो कपडा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो ।

कुनै पनि अभियान तथा दिवसलाई कार्यक्रममा मात्र सिमीत नगराई पीडीतहरुको पक्षमा र उनिहरुको जिवन यापनमा सहज हुने खालका कार्यक्रम तथा सहयोग गर्ने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका र चिसो मौसममा लाग्ने विभिन्न रोगहरुवाट बचाउनका लागि विभिन्न संघ संस्थासँगको सहयोगमा न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ ।

समुदायमा महिला माथि विभिन्न किसीमका घटनाहरु हुने गरेको ती घटनाहरुलाई पालिकाको न्यायीक समितिले मेलमीलाप गराएर पठाएको बताउनु भयो । समाजमा हुने लैङ्गिक हिंसा विरुद्ध सबैले एकजुट भएर लाग्नु पर्ने रेडक्रसका जिल्ला कार्यक्रम अधिकृत भोजराज ओझाले बताउनु भयो । उहाँले हिंसामा परेका महिलाको सुरक्षाका लागि र उनिहरुको जिवन यापनमा सहजता ल्याउनका लागि रेडक्रसले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको र आगामि दिनमा निरन्तर सहयोग गर्दै जाने बताउनु भयो ।

हिंसामा परे के गर्ने, कहाँ उजुरी दिने भन्ने विषयमा समाजमा अझै जनचेतना जोगाउनु पर्ने सरोकारवालाले बताएका छन । समाजमा अहिले पनि महिलाहरु विभिन्न हिंसामा पर्ने र पीडीतहरुले पीडा लुकाउनाले पनि समाजमा हिंसा बढेको बताउदै ओझाले हिंसामा परेको खण्डमा वडा तथा पालिकाको न्यायिक समितिमा उजुरी दिन आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया