लैङ्गिक रुपान्तरणमुखी शिक्षा सम्वन्धि तिन दिने गोष्ठि सम्पन्न 

कालीकोट लैङ्गिक रुपान्तरणमुखी शिक्षा सम्वन्धि वि.व्य.स. र शिक्षकहरुलाई तिन दिने गोष्ठि सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, सान्नी त्रिवेणी गाउँपालिकाको समन्वय र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा सुरु भएको ३ दिने गोष्ठि आज सम्पन्न भएको हो । विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिको र प्रधानाध्यापक शिक्षकहरुको भुमिकाका विषयमा र विद्यालय सुधारका लागि के कस्ता योजना बनाउन सकिन्छ भन्ने विषयमा ३ दिने गोष्ठिमा छलफल गरिएको हो ।

सामुदायिक विद्यालयको शिक्षा र निजि विद्यालयको शिक्षामा एकरुपता ल्याउनका लागि र सामुदायिक विद्यालय वाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि क कस्ले कस्तो भुमिका निर्वाह गर्नु पर्छ र शिकाईलाई कसरी लैजाने भन्ने विषयमा यो गोष्ठिमा छलफल गरिएको बताइएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैले आ आफ्नो क्षेत्रवाट पहल गरेपनि उपलब्धी सोचे जस्तो नभएको पंचदेवल माविका विव्यस अध्यक्ष देवनारायण संज्यालले बताउनु भयो ।

सबैको चासो छ तर परिणाम नआएको उहाँको भनाई छ । यस तालिमले थप केहि नयाँ कुराको सिकाई भएको र यसलाई व्यवहारमा लागु गर्ने समेत बताउनु भयो । शिक्षालाई गुणस्तरीय शिक्षा बनाउने सबैको एउटै उद्देस्य रहेको संकर माविका प्रधानाध्यापक मिना कार्किले बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउदै उहाँले अव लैङ्गिक समानता कायम गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । उहाँले अनुगमनको पाटो फितलो भएको बताउदै पालिका स्तरवाट अनुगमनलाई समेत प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै वडा नं. ४ का वडा अध्यक्ष देवनाथ योगीले बालवालिकालाई कस्तो शिक्षा दिने र उनिहरुको भविस्य कस्तो बनाउने भन्ने जिम्मा शिक्षकहरुको काँधमा रहेको बताउदै थुप्रै आरोपहरुको विचमा पनि उनिहरुको भविस्य निर्माण गर्न शिक्षकहरु अग्रसर हुनु पर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकामा दक्ष्य जनशक्तीको अभाव नरहेको बताउदै उहाँले यो दक्ष्य जनशक्तीलाई परिचालन गर्न कहिँ कतै तालमेल नमिलेको बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पालिकावाट हुने सम्पुर्ण सहयोग हुने र विभिन्न संघ संस्थाले गरेको योगदान पनि उच्च रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया