प्रथम कालीकोट महोत्सव आजबाट सुरु 

कालीकोट  प्रथम कालीकोट महोत्सव आज बाट सुरु भएको छ । आयोजकले महोत्सवको  सम्पूर्ण काम पूरा भएको जनाएसँगै महोत्सव आज बाट भव्य रुपमा सुरु भएको हो  । उद्योग वाणिज्य संघ कालीकोटको आयोजनामा आज ‘समृद कालीकोटको प्रमुख आधार ब्यापार,कृषि,पर्यटन सांस्कृतिक उद्योग र पूर्वाधार’ मूल नाराका साथ प्रथा कालिकोट महोत्सव विधिवद्ध रुपमा सुरु भएको हो । जिल्लाको जिरोपईन्ट देखी प्रतिमाचोक हुँदै भब्य रुपमा सांस्कृतिक ¥याली प्रदर्शन सहित जिविसको मञ्चमा परिणत भई कार्यक्रमको उद्घाटन गरिएको प्रचारप्रसार समितिले जनाएको छ ।

महोत्सव उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उक्त महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतन बहादुर शाहीले पहिलो पटक महोत्सवको आयोजना गरिएकाले साथ दिने सबैलाई धन्यवाद दिदै कालीकोटको कलासांस्कृतीको संरक्षण एवंम प्रवद्धन गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्नु हामी सबैको दायित्व भएकाले स्थानिय कृषि वस्तुको प्रदर्शनि राख्न अनुरोध गरेका छन । कालीकोट जिल्लाका कृषकहरुले आ आफ्नो उत्पादित वस्तु राख्ने आयोजकले जनाएको छ ।

कालीकोट जिल्लाका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने बताइएको छ । महोत्सव आज अर्थात,मंसिर ११ गतेदेखी मंसिर १७ गतेसम्म जिविसको खुल्ला मञ्च परिसरमा सञ्चालन हुँने भएको छ ।

तपाईको प्रतिक्रिया