कालिकोट शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै शैक्षिक स्तर बढाउनका लागि शंकर मावि विद्यालयको अनुगमन गरिएको छ । शान्नित्रिवेणी गाउँपालीका अध्यक्ष मोहन बहादुर केसि (महेश)ले वडा नं. १ मा शंकर मा बि विद्यालयको विहिबार अनुगमन गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका साथै विद्यालयको शैक्षिक स्तर बढाउनका लागि बिधालयको अनुगमन गरिएको अध्यक्ष केशीले बताउनु भयो ।
सामुदायिक विद्यालयहरूको अनुगमनलाई प्रभावकारी बनाइनुका साथै शिक्षामा आम, परिवर्तन ल्याउनका लागि ,बिधालयको अनुगमन गरिएको उहाँको भनाई रहेको छ । अनुगमन गर्ने क्रममा उनले विद्यालयमा गुणस्तरिय शिक्षा अध्ययन अध्यापनका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको उत्तीकै महत्वपूर्ण भुमिका हुने समेत जानकारी दिनु भएको छ ।
अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, लगायत विषयमा शंकर मावि विद्यालयका प्रधानध्यापक मिना कार्कीले जानकारी दिनु भएको थियो ।
तिलाप्रेस । १३ मंसिर २०८१, बिहीबार १६:२५