कालीकोट जिल्लाका नौं वटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु,भएसँगै पहिलो दिनमै ३ हजार ५सय ३८ जनाले लगाए खोप लगाएका छन् ।मंगलबार जिल्लाभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो ।खोप अभियानको पहिलो दिन खाँडाचक्र नगरपालिकामा ८ सय ५१ जना, पलाता गाउँपालिकामा ८ सय ४ जना, नरहरीनाथ गाउँपालिकामा ६ सय ९२ जना, महावै गाउँपालिकामा ५ सय १६ जना, तिलागुफा नगरपालिकामा १ सय ९३ जना, पचालझरना गाउँपालिकामा ४ सय ८२ जना गरी ३ हजार ५ सय ३८ जनाले खोप लागएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । उहाँका अनुसार रास्कोट नगरपालिका , सान्नीत्रिबेणी गाउँपालिका र शुभकालिका गाउँपालिकाको बिवरण आउन भने बाँकी रहेको बताउनु भएको छ । खोप अभियान भोली पनि निरन्तर चल्ले समेत बताइएको छ
पहिलो दिन खोप लगाउनेको संख्या जिल्लाभर उत्साहजनक सहभागिता भएको थिए ।
तिलाप्रेस । ४ मंसिर २०८१, मंगलवार २०:३७