शैक्षिक मेला प्रदर्शनी कार्यक्रम सम्पन्न

कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ मा अन्र्तराष्ट्रिय बाल दिवसका अवसरमा शैक्षिक मेला प्रदर्शनी गरीएको छ । “भविश्यलाई सुनौ ,बालअधिकारका लागी उठौ’ भन्ने मुल नाराका साथ सेभद चिल्डेन र भिडिसेफ नेपालको साझेदारीमा सन्चालित सहयात्रा तेस्रो परीयोजना अन्तरगत र शुभकालिका गाउँपालिकाको आयोजनामा वडा नं ४ ,५, ६ मा सुकाटिया कलस्टर स्तरीय शैक्षीक प्रदशनी मेला गरीएको हो ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यको अध्यक्षता ,शुभकालिका गाउँपालिका वडा नं ५का वडा अध्यक्ष मिम बहादुर शाहीको प्रमुख आतिथ्यता र शिक्षा युवा तथा खेलकुद शाखा प्रास ऐन बहादुर शाहीको विषेश आतिथ्यता बालकल्याण अधिकारी रन्जिता ओली, शिक्षक , बिब्यस अध्यक्ष , अभिभावक विद्यार्थी बालक्लव किशोरी समुह लगाएत सम्पूर्ण सरोकारवाला हरुको सहभागी रहेको थियो । उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ४ का विद्यालय महादेव मावि राराकाँटीया ,नैनेल देव आधारभुत विद्यालय चौलागाँई बाडा ,भवानी आधारभुत विद्यालय ठाना चौथा ,कुलदेव आधारभुत विद्यालय, सुनार गाउँ वडा नं ५ का विद्यालय दहाल मावि शुकाटिया ,जनता आधारभुत विद्यालय बोहोरा गाउँ, सरस्ती आधारभुत दिव्यालय अधिकारी बाडा ,बाल आधारभुत विद्यालय सेरी ,र वडा नं ६ का विद्यालय चन्द्र शुर्य माध्यामीक विद्यालय हाउडी , दहाल आधारभुत विद्यालय दहचौर नव दुर्गा आधारभुत विद्यालय मुडीकाँटिया गरी ११ वटा विद्यालयले सहभागीता जनाएका थिए ।

कार्यक्रममा शैक्षिक मेला प्रदर्शनीमा प्रथम नैनेल देव आधारभुत विद्यालय चौलागाई बाडा , द्धितिय चन्द्रसुर्य माबि हाउडी ,तृतिय दहाल माबि सुकाटिया र कुलदेव आधरभुत विद्यालय सुनार गाउँले स्थान हाँशिल गरेका छन् ।

कार्यक्रमको उद्देशय बारे प्रष्ट पार्दै विद्यार्थीहरुको पढाईगतिमा सुधार गर्नको लागी विद्यालय हरु विच सकारात्मक प्रतिस्पर्धा गरी बालबालिकाको सिकाईस्तरमा सुधार गर्नको लागी योकार्यक्रम महत्वपूर्ण रहेको भिडिसेफ नेपाल कालीकोटका शिक्षा अधिकृत हस्त रोकायाले बताउनु भयो ।

कार्यक्रमा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले भन्नु भयो । गुणस्तरीय शिक्षा दिनका लागी यस्ता खालका क्रियाकलाप निरन्तर गर्न जरुरी रहेको र आगामी दिनमा अन्य विद्यालयको सिको गर्न पनि आग्रह गर्नु भयो । शैक्षिक मेला प्रदर्शनी मा विभिन्न सामाग्रीहरु प्रदर्शनी गरीएको थियो ।

तपाईको प्रतिक्रिया