सुविधा सम्पन्न भवन बनेपछि ,टहरा मुक्त बन्यो जिल्ला अस्पताल कालिकोट 

कालिकोट –सुविधा सम्पन्न भवन बनेपछि जिल्ला अस्पताल कालिकोट टहरा मुक्त  अस्पताल बनेको छ। विगत लामो समयदेखी स–साना टिनको टहराबाट सेवा दिदैं आईरहेको जिल्ला अस्पताल कालीकोटले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेपछी टहरा मुक्त जिल्ला अस्पताल कालिकोट बनेको हो । आफ्नो स्थापना कालदेखी साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको जिल्ला अस्पताल कालिकोट सुविधा सम्पन्न भवन बनेपछी सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन् ।

साँगुरो टिनको टहरामा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालले औषधीको अभाव देखी चिकित्सक समेत अभाव झेल्दै आइरहेको भएपनी अव सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको छ । भवन अभावमा अस्पताललले बिरामीलाई दिनु पर्ने जती गुणस्तरीय सेवा दिन सकेको थिएन । नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको जिल्ला स्वास्थ्य प्रमुख डा.भिष्म पोख्ररेलले बताए ।
करिब २६ करोडको लागतमा ५० शय्याको सुबिधा सम्पन्न भवन निर्माण भएपछी सेवा प्रवाहमा सहज भएको छ । अव भवन अनुसारको सेवा दिन बिषेशज्ञ चिकित्सक हाल दरबन्दी अनुरुप पुर्ती गरिदिन,एम्बुलेन्स,ब्वलोड बैंक स्थापना र अन्य उपकरण आवश्यक रहेको मुख्यमन्त्री संग माग गरे ।

भवनको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री कडेँलले आवश्यक उपकरण र बिषेशज्ञ चिकित्सको व्यवस्था गछौँ तर, सेवा गुणस्तरमुखी हुनु पर्ने बताए । राष्टगुरु योगी नरहरीनाथ जन्मेको जिल्ला कालिकोट अहिले स्वास्थ्य शिक्षा र आवश्यक पुर्वाधारमा हुनु पर्ने जती बिकास हुन नसकेको जिकिर गरे । अव यो समस्याको सावधान प्रदेश सरकार र संघ सरकारले पुर्ति गरिनु पर्ने समेत बताए ।यस्तै उद्घाटन कार्यक्रममा सहभागी प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम घण्डारी,कर्णाली प्रदेश उपसभामुख एशोदा न्यौपाने,कर्णाली प्रदेश सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत स्थानिय सरकार प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सरोकारवाला कार्यालय प्रमुख लगायतको उपस्थितीमा भवनको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रमको सभाअध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष गोगनबहादुर मल्लको रहेको थियो भने संचालन जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले गरेका थिए ।

तपाईको प्रतिक्रिया