नेकपा एमाले कालिकोटको चौथो पुर्ण बैठक बाट गरिएका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक

कालिकोट जिल्ला स्थिति नेकपा एमाले कालिकोट जिल्लाको चौथो पुर्ण बैठकले लिएका निर्णय सार्वजनिक गर्न एमाले कालिकोटले पत्रकार सम्मेलन गरेको छ । एमाले कालिकोटका प्रचार बिभाग प्रमुख उपसचिव पवित्र कुमार शाहीको अध्यक्षयतामा आयोजित सम्मेलनमा एमाले कालिकोटका अध्यक्ष तुलाराज मल्लले बैठकका निर्णय सार्वजनिक गर्नु भयो ।

बैठकले आउदो मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत तिलागुफा ४ को निर्वाचन सम्पन्न गर्न पार्टी नेता तपेन्द्र शाहीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको बताउनु भयो । अध्यक्ष मल्लले ,जिल्ला का नौ वटै पालिकामा ब्याप्त अनियमिता र बिकासका भएको ढिलासुस्ति बिरूद्व खबदारी सभा गर्ने निर्णय भएको बताउनु भयो । पार्टीले सो क्रममा पाइला नामक अभियान संन्चालन गर्ने बताउनु भयो ।

बिगत लामो समय देखि पलाता गाउपालिका १ पुलाहा र बाजुरा जिल्ला साप्पाटाको सिमा बिवादबारे छलफल गर्न प्रधानमन्त्रिको नेतृत्वमा रहेको अन्तर प्रदेश समन्वय परिसदलाइ ध्यानआकर्षण गराउने समेत निर्णय गरेको छ ।यता पलाता गाउपालिका राडुमा बलेरो दुर्घटनामा ज्यान गुमाउने ७ जना प्रति श्रदान्जलि सोक प्रस्ताव समेत पास गरेको छ अध्यक्ष मल्लले बताउनु भयो ।

बलेरो जिव दुर्घटना हुनुमा सडक स्तर ,सडक पहुच नहुनु मुख्य समस्या भन्दै पलातालाइ सिधा कर्णा लस लोक मार्ग संग जोड्न पहल गर्ने भन्दै थिर्पु क्षेत्रमा कर्णालि नदि बेल्केढुंगा बेलिब्रिज र अन्यसहायक नदि खोलामा निर्माणाधिन पक्कि पुलहरूको निर्माणमा भएको ढिलासुस्तिबारे ध्यान केन्द्रित भई पहल कदमि लिने निर्णय भएको एमाले अध्यक्ष मल्लले सुनाउनु भयो । बर्तमान सत्ता गठबन्धन दक्षिण पन्थि र बामपन्थि दफबिच भएकाले यो दिगो रहन्छ भन्ने प्रश्नमा पार्टी केन्द्रिय सदस्य रहेका नगेन्द्र ब शाहीले सत्ता समाजदारी सम्ममात्र बुझ्न आग्रह गर्नु भयो । पत्रकार सम्मेलनमा प्रमुख अतिथि समेत रहनु भएका शाहीले पाइला अभियान अन्तरगत पालिका ,पालिकामा हुने बिरोधसभामा शुसासनका एजेण्डा उठाउने बताउनु भयो ।

पालिका पालिकामा सन्चालन हुने शुसासन अभियानले पलाता घाटाचौर बेल्केढुंगामा यस अघिनै फेरी बनेको भनेर भएको ५० लाख बढि भुक्तानिको छानबिन , पलाताकै अन्य नदिखोलामा निर्माणा धिन अलपत्र पुलपुलेसा किन बनेन भन्ने कुरा संग पनि सरोकार राख्ने बताउनु भयो । एमाले पार्टी कार्यालय मान्ममा आयोजित पत्रकार सम्मेलनमा अन्य पार्टी संगको एकता ,तालमेल र समन्वयका लागी पार्टी केन्द्रिय समिति सदस्य नगेन्द्र शाही संयोजक रहेको समिति समेत गठन गरेको एमाले कालिकोटले बताएको छ ।

तपाईको प्रतिक्रिया