रास्कोट नगरपालिका र भरतपुर महानगर बिच भगिनी सम्बन्ध कायम

टिकाराज उपाध्याय कालीकोट

रास्कोट नगरपालिका र भरतपुर महानगर बिच बिचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)भरतपुर महानगर पालिका नगर प्रमुख दाहल को कार्यकक्षमा नै पुगेर एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका र रास्कोट नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) ले समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्।

दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच भगिनी सम्बन्ध कायम गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ले बताएका छन।

यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन्। त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिइएको शाहीले बताएका छन्।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र रास्कोट नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ।

यस्तै नगर बस संचालन देखि एम्बुलेन्स सेवाको सञ्चालन कृषि, पर्यटन ,एक घर एक ओखर कार्यक्रम उद्यमशीलता, शिक्षा, लगायतका सेवामूलक कामहरूमा सहकार्य गर्ने बताइएको छ।
बस्ती विकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया