नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्यलाई अभिमुखीकरण

कालिकोट नेपाल रेडक्रस सोसाईटी सान्नी त्रिवेणी उपशाखाका आजिवन सदस्यलाई अभिमुखीकरण दिइएको छ । नेपाल रेडक्रस सोसाईटीको सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका उपशाखाका पदाधिकारी र आजिवन सदस्यहरुलाई अभिमुखीकरण दिइएको हो ।

आजिवन सदस्यहरुको क्षमता अभिबृद्धि गर्नका लागि र रेडक्रसको परिचय सहीत यसले गर्ने कामहरुका विषयमा आजिवन सदस्यहरुलाई जानकारी गराइएको छ । रेडक्रसको काम कर्तव्य अधिकार, रेडक्रसका आजिवन सदस्यहरुको भुमिका, गर्न हुने काम, गर्न नहुने काम र विपद परेका वेला रेडक्रसका सदस्यहरुको के कस्तो भुमिका रहन्छ भन्ने विषयमा अभिमुखीकरण दिइएको जिल्ला कार्यक्रम अधिकृत भोजराज ओझाले जानकारी दिनु भयो ।

रेडक्रसका पदाधिकारी तथा आजिवन सदस्यहरुले विपदको वेला प्रतिकार्य सहित पीडीतको सारथी बन्नु पर्ने बताउदै यस्तो वेला विपदमा परेकालाई कसरी उद्धार गर्ने भन्ने विषयमा समेत जानकारी गराइएको छ । जिल्लामा अहिले विपदका क्षेत्रमा काम गर्ने संस्थामा रेडक्रसलाई पहिलो नम्वरमा नागरिकहरुले चिन्ने गर्छन ।

कुनै पनि विपदमा परेका पीडीतहरुले राहतका लागि पनि रेडक्रस कहाँ पुग्ने गर्छन भने रेडक्रसले पनि पीडीतलाई विभिन्न सहयोग गर्दै आईरहेको छ । विपदमा मात्र नभएर स्वास्थ्य खानेपानी लगायतका क्षेत्रमा पनि काम गरिरहेको ओझाले बताउनु भयो ।

रेडक्रसले गर्ने काममा आम नागरिकहरु आकर्षित भएको र विपदको सारथी बनेको बताउदै गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले यसका सदस्यहरुले पनि यसको काम कर्तव्य र अधिकारमा रहि विपदको सारथी बन्न आग्रह गर्नुभयो । कार्यक्रमको सकजिकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य काली बाहदुर शाही, दान बाहदुर बम र नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय का संयोजक अविशेक ओझाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया