कालीकोट जिल्लाको पलाँता गाउँपालीकामा हिजो बोलेरो जिप दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन कर्णाली प्रदेशका उपसभामुख माननिय यसुदा न्यौपाने, माननीय दक्षिणा शाही, नेकपा माओवादी केन्द्र कालीकोट जिल्लाका सह ईन्चार्ज जगत बहादुर शाही शिखर लगाएतको टोली स्वास्थ्य अवस्था बारे जानकारी लिन प्रदेशिक अस्पताल कालागाउँ पुग्नु भएको छ ।
हिजो मात्र पलाता गाउँपालीका ३ स्थित राडुनेटमा जिप दुर्घटनामा परि घाईते भई प्रदेशिक अस्पताल मा उपचार भईरहेका बिरामीहरूको स्वस्थ्य अवस्था बारे जानकारी लिन र विरामीहरुको थप उपचारका लागी पहल गर्न कालागाउँ पुग्नु भएको हो ।
विरामीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिदै माननिय उपसभामुख यसुदा न्यौपानेले प्रतीक्षा शाही लाई आईसियुमा राखिएको र अरू सम्पुर्ण बिरामीहरू लाई नर्मल वार्डमा राखेर उपचार भैरहेको छ भने केही बिरामीलाई आजै डिस्चार्ज गरिने समेत बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र कालीकोटका सह ईन्चार्ज जगत बहादुर शाही शिखरले घाईतेहरुको स्वास्थ्य अबस्था क्रमिक सुधार भैरहेको र विरामीहरुलाई पुर्ण स्वास्थ्य लाभको कामना सहित मृत्यु हुने प्रति भावपूर्ण श्रद्धाजली ब्यक्त गर्नुभएको छ ।
तिलाप्रेस । २६ कार्तिक २०८१, सोमबार १७:४२