कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा आइतबार दिउँसो वडा नम्बर ३ स्थित राडुनेटामा बोलेरोे जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा वडा नं.३ का दमन रोकाया, ५का पदम बम,छायाँ शाही,६का पुन्नकला शाही,भगवती रोकाया,गणेश शाही,को घटना स्थलमै मृत्यु भएको छ ,भने घाईते हुँनेमा वडा नम्बर ६ का केशव थापा,इश्वर थापा,विजय थापा,डोली विक,आयुष विक,रिदम शाही,जविशा शाही,आशिका रोकाया,भुपेन्द्र रोकाया,दान वहादुर रोकाया ,निर्मला रोकाया जगत रोकाया,स्वादिप रोकाया र गाडी चालक धनिरामलाई उपचारका लागी हेलिकप्टर मार्फत प्रदेशिक अस्तपात सुर्र्खेत रिफर गरिएको छ ।

गाउँपालीकाको वडा नं. ६ उखाडी देखी वडा नं.९ को थिर्पु तर्फ आउँदै गरेको क १ ज ५६ नम्बरको जिप वडा नम्बर –३ को राडुनेटा मा दुर्घटना भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ । उक्त जिपमा जम्मा सवार १९ जना रहेका थिए । घाईतेलाई प्रदेशिक अस्पताल सुर्खेत रिफर गरिएको पलाँता गाउँपालीका उपाध्यक्ष अलैपुरा हमाल,तथा स्थानीय पुर्णसिंह बमले जनाकारी दिनु भएको छ ।।
तिलाप्रेस । २५ कार्तिक २०८१, आईतवार १८:०३