कालीकाेट जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ५ बाेहाेरा पातल मड्या खाेलामा लडेर ६८ वर्षका जयरुप राेकायाकाे निधन भएको छ ।
बिहीबार बैंकमा पैसा झिक्न पालिका हिडेका राेकायाकाे मृत अवस्थामा लास भेटिएको हाे । राेकाया बिहीबार घर नआएपछि खाेजिगर्न गएका बैनि जुवाई काली बहादुर बाेहाेराले मृत अवस्थामा जेठानकाे लास भेटाएकाे बताए । ६८ वर्षका राेकाया वृद्ध भत्ता लिन पालिकाकाे कृषि बैंकमा हिजाे घर बाट निस्किएका हुन् ।

मृतक जयरुप राेकायाकाे कसरी घटना भएकाे हाे ? घटना बारे अनुसन्धान भईरहेकाे सुकाटीया प्रहरीले जनाएको छ। मृतक राेकायाकाे दुई छाेरा र ५ छाेरी छन् ।
तिलाप्रेस । ९ कार्तिक २०८१, शुक्रबार १६:२९