शिक्षा क्षेत्र योजना निर्माण कार्यदल र लेखन समितिको कार्यशाला गोष्ठि सम्पन्न

कालिकोट शिक्षा क्षेत्र योजना निर्माण कार्यदल र लेखन समितिको कार्यशाला गोष्ठि आज सम्पन्न भएको छ । समाज जागरण केन्द्र स्याक नेपालको सहयोग शिक्षा यूवा तथा खेलकुद शाखा सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा २ दिने गोष्ठि आज सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालको अध्यक्षतामा भएको समापन कार्यक्रमको अतिथिमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुदर्सन बम, शिक्षा शाखा प्रमुख मोहनविर धामी, स्याक नेपालका कार्यक्रमका एस ई एस पि संयोजक हरिभक्त तिवारि लगायतका विषयगत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा लागु गर्नका लागि र शिक्षा क्षेत्रमा उल्लेखनिय परिवर्तन ल्याउनका लागि युनिसेफ नेपाल तथा स्याक नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा स्थानिय शिक्षा क्षेत्र योजना निर्माण गर्न लागिएकोे हो । सान्नी त्रिवेणी गाउँपालिकाको समग्र शैक्षिक क्षेत्रको गुणस्तर कायम गर्नका लागि र विद्यालयको शिक्षा क्षेत्र सुधार गर्नका लागि के कस्ता योजना बनाउनु पर्छ भन्ने विषयमा विषयगत समितिले सामुहिक छलफल गरेका छन ।

विषयगत रुपमा विद्यालय पोषण तथा स्वास्थ्य कार्यक्रम, विद्यालय सुरक्षा विपत न्यूनिकरण तथा उत्थानशिलता, विद्यालय भौतिक पुर्वाधार र विकास, विद्यालयमा सुचना तथा सञ्चार प्रविधि, शिक्षक व्यवस्थापक र विकास, शिक्षामा समता र समावेशिकरण, अनुगमन तथा मुल्यांकन कार्यदलका विषयमा विषयगत दलहरुले आ आफ्ना सुझाव पेश गरेका छन । साथै प्रारम्धीक वाल विकास र शिक्षा, आधारभुत शिक्षा, माध्यामिक शिक्षा, पाठ्यक्रम र मुल्यांकन, सुशासन र व्यवस्थापन, अनौपचारीक शिक्षा तथा जीवन पर्यन्त शिक्षा, लगानी तथा श्रोत व्यवस्थापन, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका विषयमा आगामि वर्षहरुमा गर्ने कामहरुका विषयमा छलफल गरिएको हो ।

सान्नी त्रिवेणी गाउँपालिकाले आगामि दिनमा शिक्षा क्षेत्रको परिवर्तन, गुणस्तरीय शिक्षा, दक्ष जनशक्ती उत्पादन लगायतका विषयमा रहेर स्थानिय शिक्षा क्षेत्र योजना निर्माण गर्ने छ । जस्ले सान्नी त्रिवेणी गाउँपालिकाको शिक्षाको समावेशी तथा समतामूलक पहुँच सुनिश्चित गर्न सहयोग पु¥याउने छ । समापन कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले शिक्षा क्षेत्रको विकासका लागि सान्नी त्रिवेणी गाउँपालिकाले शिक्षा क्षेत्र योजना निर्माण गर्न लागेको बताउनु भयो । उहाँले यसले शिक्षा क्षेत्रको दिगो विकासमा सघाउ हुने बताउनु भयो । कुनै पनि काम गर्नका लागि निति नियम र लक्ष्य चाहिने बताउदै अव बन्ने शिक्षा क्षेत्र योजनाले सान्नी त्रिवेणी गाउँपालिकाको शिक्षा क्षेत्रमा उल्लेखनिय विकास हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया