स्वास्थ्य शिविरबाट १५ सय बढी लाभान्वित

कमल कुमाल कालीकोट
जिल्लाको रास्कोट नगरपालिकामा सञ्चालन गरिएको तीनदिने बृहत् स्वास्थ्य शिविरबाट १५ सय ५९ जना सेवाग्राहीले सेवा लिएका छन् । कात्तिक ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमा १५ सय ५९ जना सेवाग्राहीले गाइनो तथा हाडजोर्नी सेवा लिएको अस्पतालले जनाएको छ ।

डाक्टर फर नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सम्झौता र रास्कोट नगरपालिकाको पत्यक्ष संलग्नतामा प्रसूति रोग तथा हाडजोर्नीसम्बन्धी शिविर सञ्चालन गरिएको हो । कर्णाली प्रदेश अस्पतालका प्रसूति तथा स्त्रीरोग विषेशज्ञ डाक्टर ललितजंग शाहीले स्त्रीरोग, हाडजोर्नीसँगै परिवार नियोजन सेवासमेत दिइएको बताए ।

डाक्टर फर नेपालले विगत २० वर्षदेखि दुर्गमका नागरिकलाई डाक्टर पठाउँदै आएको छ भने विभिन्न सेवा समेत विस्तार गदै आएको छ । शिविरमा डाक्टर शाहीसहित विदेशी तथा स्वदेशी अनुभवी चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया