रास्कोटमा प्रथम मेयर कप संचालन हुँदै

कालीकोट जिल्लाको रास्कोट नगरपालीकाको आयोजनामा पहिलो पटक प्रथम मेयर कप खेलकुद प्रतियोगीता संचालन हुँने भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नारालाई आत्मासाथ गर्दै रास्कोट नगरपालीका र कर्णाली कालिकोट यूवा सुधार केन्द्रको सयुक्त आयोजनामा खेल क्षेत्रको विकास गर्न उदेश्यले पहिलो पटक प्रथम मेयर कप संचालन गर्न लागेको नगरपालीकाले जनाएको छ ।

विकास निर्माणका काम सँगसगै खेलक्षेत्रलाई पनी विशेष प्राथमिकता राखेर रास्कोटलाई चिनाउन खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहेको जनाएको छ । प्रतियोगितामा खुल्ला 6A साइड पुरुष फुटबल,पुरुष भलिबल (पालिका स्तरीय) ,पुरुष क्रिकेट (पालिका स्तरीय),वडा स्तरीय महिला खुल्ला भलिबल लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने जनाएको छ ।
यहीँ कार्तिक ८ गते देखी ११ गतेसम्म रास्कोट नगरपालीकाको खेल मैदान आर सि पि बजारमा खेल संचालन गरिने समेत जनाएको छ । उक्त प्रतियोगीताको पुरस्कार राशी तल उल्लेख गरिएको सुचनामा देख्न सक्नुहुँने छ ।

तपाईको प्रतिक्रिया