दशै तिहार लक्षित पालिका नजिक बजारको अनुगमन 

कालिकोट सान्नीत्रिवेणी गाउँपालिकाले दशै तिहारलाई लक्षित गरेर बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालको संयोजकत्वमा वडा अध्यक्ष कर्मचारि सुरक्षाकर्मि पत्रकारहरुको सहभागितामा बजार अनुगमन गरेको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

पसलहरुमा म्याद नाघेका खाद्य तथा पेय पदार्थ वरामत गरि नष्ट गरेको छ । पालिका क्षेत्रमा रहेका पसलहरु दर्ता छन वा छैनन्, कर चुक्ता गरिएका छन वा छैनन् , उद्देस्य भन्दा फरक कारोवार गरेको, लगायतका विषयमा अनुगमन गरिएको हो ।

दर्ता नगरेका वा उल्लेख गरिएको कारोवार भन्दा अन्य कारोवार गर्ने गरेका पसलहरुलाई ३५ दिन भित्र दर्ता गर्न निर्देशन गरिएको छ । यदि दर्ता प्रक्रियामा नआएमा कानुन बमोजिम व्यवसाय बन्द गराइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया