कालिकोट कालिकोट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रि राजिव विक्रम शाहले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो । उहाँले देशलाई समृद्धितिर लिन, विकास निर्माणका कामलाई अगाडि बढाउन वर्तमान व्यवस्थालाई रक्षा गर्नु पर्ने बताउनु भयो । आफु प्रदेश सांसद सँगै प्रदेशको मन्त्रि पदमा रहिरहँदा यो व्यवस्थाको रक्षा गर्नु आफ्नो पहिलो दायित्व रहेको उहाँको भनाई छ । जनचेतना बहुमुखी क्याम्पसले आयोजना गरेको ज्ञान विज्ञान धार्मीक महा महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्रि शाहले यस्तो बताउनु भएको हो । कार्यक्रममा सम्वोधन गर्दै उहाँले यस जनचेतना बहुमुखी क्याम्पसको विकासका लागि आफ्नो तहवाट हुने सम्पुर्ण सहयोग हुने बताउनु भयो । साथै उहाँले दशैँ पछि आउने आफ्नो एक महिनाको सेवा सुविधा यस कार्यक्रमका लागि प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
उहाँले कतिपयले प्रदेस खारेज गर्नु पर्ने आवाज उठाईरहेको वेला यो प्रदेस सरकारलाई खारेज नभई थप सुदृढ बनाउदै जनताप्रति उत्तरदायि बनाउने बताउनु भयो । प्रदेस सरकारका योजनाहरु नेतामुखी भए, कमीसनको आधारमा योजनाहरु वाँडफाड हुन्छन, भन्ने नागरिकहरुको गुनासो बढिरहेको बताउँदै उहाँले अव यसको अन्त्यका लागि सवै राजनितिक दलहरुविच गहिरो छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अव जनताका यस्ता गुनासोहरुलाई सम्वोधन हुने गरि अव जनताको आवश्यकता र भुगोलको आधारमा योजना वाँडफाँड गरिने बताउनु भयो । उहाँले यो संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा थुप्रै परिवर्तन भएको र यसलाई खारेज गर्न खोजे ठूलो विद्रोह हुने बताउनु भयो ।
यो व्यवस्थालाई सहि तरिकाले चलाएर देशलाई समृद्धीतिर लिनु पर्ने बताउनु भयो । उहाँले आफ्नो कामको व्यस्तताका कारण पनि यहाँका नागरिकहरु सँग घेटघाट हुने आशाले पनि यहाँ पुगेको बताउदै हाम्रो सनातन धर्मले सवैलाई एक ठाउँमा जोडेको बताउनु भयो । जनचेतना बहुमुखी क्याम्पसको स्थापना देखि लिएर यसको सर्वाङ्गीण विकासका लागि यहाँका नागरिकहरुले गरको योगदान निकै महत्वपुर्ण रहेको कार्यक्रमका विशिष्ट अतिथि सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।

उच्च शिक्षा अध्ययन गर्नका लागि महंगो पैशा खर्च गरेर जिल्ला वाहिर जानु पर्ने केहि वाध्यताको अन्त्य भएको बताउँदै यसको थप विकास र उन्नतिका लागि एकपटक सबैले पुन हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । यस ज्ञान विज्ञान धार्मीक महा महोत्सवको प्रवचन अन्तराष्ट्रिय भाग्वत भुषण आचार्य श्री नारायण शरण ज्यू पुज्य सञ्जेल जि महाराज वाट हुने छ । उक्त महामहोत्सवमा करिव १३ वटा कार्यक्रमहरु रहेका छन भने दैनिक ७ वटा विभिन्न कार्यक्रमका साथ राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्धारा भजन कृतन गाईने मुल समारोह समितिले जनाएको छ । महा महोत्सव असोज २४ गते सम्म संचालन हुनेछ ।
तिलाप्रेस । १७ आश्विन २०८१, बिहीबार २१:०३