समाजसेवी सार्कीद्धारा विद्यादेवी मा.वि मयकोट लाई मन्दिर हस्तान्तरण 

कालीकोट जिल्लाको पचालझरना गाउँपालीका वडा नं.८ मा रहेको श्री विद्यादेवी मावि मयकोटलाई स्वयम वडा नं.८ निवासी युवा नेता तथा समाजसेवी धिर सार्कीले आफ्नौ ब्यक्तिगत लगानीमा सरस्वती मन्दिर निमार्ण गरि मंगलबार शुभकामना आदानप्रदान तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरि विद्यादेवी मा.वि मयकोट लाई हस्तान्तरण गर्नुभएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सार्कीले यूवा भनेको यूवानै हो यूवाले चाँहेमा यहाँ असम्भव भन्ने केही छैन भन्ने सन्देश दिनको लागी ९७ हजार ९९९ रुपैयाँ लगानीमा मन्दिर निमार्ण गरि हस्तान्तरण गरेको बताए । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले यूवाहरुको मागलाई सम्बोधन गर्ने हो भने यहाँ विकासले गति लिने समेत बताए ।लोभ हुँदै गएको अवस्थामा यस्को संरक्षण गर्नुपर्छ भन्ने हेतुले आफुले सरस्वती मन्दिर निमार्ण गरेको उहाँको भनाई छ ।
एकदमै महान कार्य गरेको भन्दै बिद्यालय परिवारले सार्कीलाई सम्मान समेत गरेको छ ।
युवा नेता तथा समाजसेवी धिर सार्कीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा स्वयम वडाका वडा अध्यक्ष जयराम टमट्टा, प्रधानध्यापक कृष्ण प्रसाद पोखरेल,हरिमले तिरुवा, लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।कार्यक्रम संचालन भने शिक्षक दलविर सार्कीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया