प्रभावकारी बन्दै मेयर हेल्थकेयर कार्यक्रम

कालीकोट जिल्लाको रास्कोट नगरपालीकाले संचालन गरेको मेयर हेल्थकेयर कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।। नगरपालिकाले नियमित महिनाको एक पटक मेयर हेल्थ केयर कार्यक्रम संचालन गर्ने निति लिएसँगै पछिल्लो समय प्रभावकारी बन्दै गएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

भरोसा होस नगर माथि गाउँघरमा स्वास्थ्यकर्मी साथी” भन्ने मुलनाराका साथ आज नगरपालिकाले वडा ५ का ५९ महिला ३३ जना पुरुस गरि जम्मा ९२ जना सेवाग्राहीलाई  सेवा प्रवाह गरेकाे हाे ।

घर–घरमा एकीकृत सेवा दिने नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्र रहेको नगरिकलाई भिडियो एक्सरे सेवा,सुगर जाँच,गर्भवती चेकजाँच, जेष्ठ नागरिक लगाएतका अन्य बिरामीहरुको लागि सुगर, प्रेसर परीक्षण जस्ता सेवाहरु घरदैलामै पुगेर निःशुल्क प्रदान गर्ने गरेको वडा अध्यक्ष मन तिरुवाको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया