भुकम्प प्रतिरोधी भवन निर्माणका लागि कालिगढलाई तालिम 

कालिकोट,असाेज ११ गते

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सान्नीत्रिवेणी गाउँपालिकाले भुकम्प प्रतिरोधी भवन तथा घरहरु निर्माणका लागि कालिगढलाई तालिम दिएको छ । नेपाल सरकारको भवन निर्माण आचारसंहिता अनुसार तालिम दिइएको गाउँपालिकाले जनाएको छ । समुदायमा निर्माण गरिने घरहरु तथा सरकारी भौतिक संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधि भवनहरु कसरी निर्माण गर्ने भन्ने विषयमा ५ दिन तालिम दिइएको हो ।

समुदाय स्तरमा स्थानिय कालिगढहरुले पुरानै परम्परागत शैलिमा घरहरु निर्माण गर्ने गर्छन । जुन घरहरु भुकम्प जाँदा निकै जोखिम हुने गाउँपालिकाका इन्जिनियर कमल बमले बताउनु भयो । परम्परागत घर निर्माण गरिरहेका गाउँपालिकाका १८ जनालाई भुकम्प प्रतिरोधि भवन निर्माण तालिम दिएको उहाँको भनाई छ । गाउघरमा घरहरु निर्माण गर्दा ढुंगा र माटोले परम्परागत रुपमा बनाउदै आएकोमा यो तालिमले कसरी बनाउदा भुकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने विषयमा जानकारी पाएको प्रशिक्षार्थिले बताएका छन ।

उनिहरुले अब समाजमा बन्ने हरेक भौतिक संरचनाहरु भुकम्प प्रतिरोधी बनाउन सल्लाह दिने र आफुले पनि त्यसै गरि निर्माण गर्ने बताएका छन ।तालिम सँगै भवनहरुको जग हाल्ने तरिकाको नमुना समेत बनाइएको छ ।जस्ले गर्दा भवन निर्माण गर्नेहरुका लागि सिकाई समेत हुने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा कालिकोटका सभापति बलप्रसाद संज्यालले बताउनु भयो ।

यो तालिम मात्र नभएर जिवनउपयोगि सिपको पनि सिकाई भएको र यसलाई आफुमा मात्र सिमित नराखि समाजका अन्य कालिगढलाई पनि सिकाउनु पर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । विपद गएपछि सावधानि अपनाउनु भन्दा विपद वाट बच्नका लागि पहिले नै साबधानि अपनाउनु पर्ने केसिको भनाई छ ।

उहाँले पालिकाका प्रतेक वडा वाट २ जनालाई यो तालिम दिइएको र अव बन्ने हरेक भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनु पर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटिको आर्थिक सहयोगमा ५ दिने तालिमको आयोजना गरिएको हो । साथै तालिममा सहभागिलाई आबश्यक औजार समेत दिइएको नेपाल रेडक्रस सोसाइटिका जिल्ला कार्यक्रम अधिकृत भोजराज ओझाले जानकारि दिनु भयो ।

तपाईको प्रतिक्रिया