कालिकोट
जिल्लाकाे सान्नी त्रिवेणी गाउँपालिकाले कार्यपालिका बैठकमा भएका निर्णयहरु पालिकाको वेबसाईड मार्फत सार्वजनिक गर्ने भएको छ । गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रेम बहादुर बडुवाल आएपछि पहिलो पटक कार्यपालिकाका निर्णयहरु पलिकाको वेबसाइड मार्फत सार्वजनिक गर्न लागिएको हो ।
कार्यापालिका बैठकमा के के निर्णयहरु भए भन्ने विषयमा निवेदन दिएर माग गर्नु पथ्र्यो । जनताको प्रत्यक्ष सरोकारको विषय रहेको हुँदा सबैले थाँहा पाउनु पर्छ भन्ने हेतुले प्रत्येक कार्यपालिका बैठकका निर्णयहरु पलिकाको वेबसाईड मार्फत सार्वजनिक गरिने प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो ।
कार्यापालिकाको बैठकमा हुने हरेक निर्णयहरु जनताको हक हितका लागि हुने भएको हुँदा कार्यालपालिका बैठकले गरेका निर्णयहरु नागरिकहरुले सहजै थाँहा पाउन सकुन भनेर यसको सुरुवात गरिएको बडुवालले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकामा कार्यापालिका बैठक बसेको दिन के निर्णय भए भन्ने विषयमा नागरिकहरुको चासो धेरै हुन्छ । तर केके निर्णयहरु भए भन्ने पुर्ण रुपमा जानकारी हुदैनन् । जनतावाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यापालिका बैठकमा जनताको हितका लागि कस्ता निर्णयहरु गर्छन भन्ने विषयमा प्रत्यक्ष जानकारी पाउनका लागि हरेक निर्णयहरु पलिकाको वेबसाइड मार्फत सार्वजनिक गरिने छ ।

पालिकाको वेबसाईड www.sannitrivenimun.gov.np मा गएर हेर्न सकिने बडुवालले बताउनु भयो । कालिकोट जिल्लाको अन्य स्थानिय तहले यसको सुरुवात गरेकमा छैनन् । सान्नी त्रिवेणी गाउँपालिकाले पहिलो पटक यसको सुरुवात गरेको हो ।
तिलाप्रेस । १० आश्विन २०८१, बिहीबार २०:२७