जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

कालीकोट श्री शंकर मा वि विद्यालय सेरीज्युलाका सूचना अधिकारी तथा राष्ट्रिय  भलिबल खेलाडी खेमराज गिरीले आफनो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिनको मनाएका छन् । जिल्लाको शान्नित्रिवेणी गाउँपालीका वडा नं.१ मा रहेको शंकर मावि विद्यालयका अध्यायनरत विद्यार्थीहरुलाई विहिबार शैक्षिक सामग्री वितरण गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

पछिल्लो समय जन्मदिनलाई मान्छेहरुले फजुल खर्चको रुपमा मनाउदै आइरहेको हुँदा अब कुनैपनि उत्सवहरुमा अनावश्यक फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने उदेश्ले आफ्नो जन्मोत्सवलाई फरक तरिकाले मनाएको सुचना अधिकारी तथा राष्ट्रिय  भलिबल खेलाडी गिरी जानकारी दिए ।

विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई कपी, कलम, लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया