वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं.३ लाई

कमल कुमाल कालीकोट

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ रास्कोट नगरपालीका वडा नं.१,२ र ३ ले  आयोजना गरेको भलिबल प्रतियोगीताको उपाधी वडा नं.३ ले हात पारेको छ ।  वडा नं.१,२ र ३ ले पैठ तथा जात्रा मेलाको अवसरमा आयोजना गरेको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं.३ ले हात पारेको हो । शुक्रबार वडा नं.२ को रंगशाला खेल मैदानमा भएको खेलमा वडा नं.५ लाई पराजित गर्दै वडा नं.३ ले उपाधि हात पारेको हो । वडा नं.५ लाई सोझो सेटले  पराजित गरेर वडा नं.३ प्रतियोगिताको बिजेता बन्न सफल भएको ३ का खेल संयोजक चक्रनाथ योगीले बताए ।


प्रतियोगिताको विजेता वडा नं.३ ले ८ हजार रुपैयाँ नगद मेडल र प्रमाण पत्र पाएको छ भने उप–विजेता बनेको वडा नं.५ ले ४ हजार मेडल र प्रमण पत्र प्राप्त गरेको छ ।

खेलको उदघाटन भने  राष्ट्रिय  भलिब खेलाडी गोरख बहादुर शाहिले गर्नु भयको थियो भने प्रमुख एम्पायर को भुमीकामा पनि उहाँ नै हुनुहुन्थ्यो   ।

उक्त खेलमा १० वटा  टिमकाे  सहभागीता  रहेकाे थियाे

 

तपाईको प्रतिक्रिया