६०औँ राष्ट्रिय बाल दिवस कालीकोटमा पनि मनाइयो

कालीकोट ६०औँ राष्ट्रिय बाल दिवस कालीकोटमा पनि मनाइएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रन ,भिडिसेफ नेपाल कालीकोट द्धारा सञ्चालित सहयात्रा परियोजनाको आर्थिक सहयोग र सोसेक नेपाल द्धारा सञ्चालित आधार परियोजना को संयुक्त रुपमा सञ्चाल भएको बाल दिवस को अवसरमा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । भिडिसेफे नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावल वोगटीको अध्यक्षता ,सोसेक नेपाल कालीकोटकी सरीता विश्वकर्माको आतिथ्यता बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

बक्तृत्वकला कार्यक्रममा खाँडाचक्र नगरपालीका वडा नंः ४ को सालडाँडा आधारभुत विद्यालय र जनजिवन माध्यामिक विद्यालय ३ ताडिका विद्यार्थिहरुले भाग लिएका थिए । बाल विवाहले समाजमा पारेको असर भन्ने विषयमा भएको बक्तृत्वकलामा १४ जना विध्यार्थिहरुले सहभागिता जनाएका थिए । कार्यक्रमा भिडिसेफे नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावल वोगटीले बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिने बताउदै बालअधिकारसम्बन्धी महासन्धिको धारा ले बालअधिकारको कार्यान्वयनका लागि सबै राज्यपक्षले उपयुक्त वैधानिक, प्रशासनिक र अन्य उपाय अपनाउने तथा विशेषगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको परिपूर्तिका सन्दर्भमा आ–आफ्ना स्रोतले भ्याएसम्म बढी लगानी गर्नुपर्ने र आवश्यकअनुसार अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट पनि बालबालिकाको अधिकार परिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो ।

आफुले पनि विगत लामो समय देखि बालवालिकाको क्षेत्रमा काम गर्दै आइरहेको हुनाले बालवालिकामा लगानि गर्न सवैलाई आग्रह गर्नुभयो । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते देखि मनाउन थालेको छ।संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ।

तपाईको प्रतिक्रिया