कालिकोट, भदौ २५ गते
जिल्लामा आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि कालिकोटमा पनी आत्महत्या रोकथाम दिवस मनाइँएको छ । आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्नेमूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस,जिल्लामा प्रभातफेरि कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भब्य रूपमा मनाईएको छ । खाँडाचक्र नगरपालीका,स्वास्थ्य सेवा कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजना तथा सि एम.सी नेपालको समन्वयमा विश्व आत्महत्या रोकथाम दिवस मनाईएको हो ।
जिल्लाको जिरो पोइन्टबाट ¥याली सहित सुरु भई प्रतिमा चोक हुदै हिमचुली कृषि सहकारी संस्थाको सभा हलमा औपचारीक कार्यक्रममा परिणत भएको थियो । खाँडाचक्र नगरपालिकाका कार्यबहाक नगरप्रमुख नन्द बहादुर मल्लको सभाअध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित सम्पुर्ण जनप्रतिनिधि सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी लगाएतको सहभागितामा आत्महत्या दिवस मनाइएको हो ।

कार्यक्रमको संचालन स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी तथा जन स्वास्थ्य अधिकृत कटक महतले गर्नुभएको थियो । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउदै आएको उहाँको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०,८१ मा १० जना, त्यस्तै चालू आर्थिक बर्षको साउन महिना यता ५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक अजुर्न केसीले बताउनु भयो । साथै प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे । गरिवी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनाव लगायत विविध कारणले आत्महत्याका घटना बढिरहेको उनको भनाइ छ ।त्यस्तै रास्कोट नगरपालीकामा पनी आत्महत्या रोकथाममा स्थानिय तह तथा विद्यालयको भुमिका“ विषयक रास्कोट नगरपालिकामा अवस्थित अन्तर माध्यमिक विद्यालय ( कक्षा ९–१२ सम्मका ८ जनाको संयुक्त मुल्यांकनमा) स्तरिय बक्तृत्वकला कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । उक्त कार्यक्रममा वि. व्य. स. अध्यक्ष डब्बल नाथ योगीको अध्यक्षता तथा रास्कोट नगरपालिकाका नगर उपप्रमुख मनिराज बरालको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा ,वडा नम्बर १ देखि ४ सम्मका वडा अध्यक्ष तथा शिक्षा खेलकुद शाखा प्रमुख खेमराज शाही, स्वास्थ्य शाखा प्रमुख जनक राज न्यौपाने , महिला बालबालिका शाखा प्रमुख सरस्वती वली, पञ्जिकरण शाखा प्रमुख हुकुम शाही इलाका प्रहरी कार्यालय रास्कोटका वरिस्ठ प्रहरी सहायक निरीक्षक कर्ण रौले लगाएतको उपस्थितमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।
तिलाप्रेस । २५ भाद्र २०८१, मंगलवार १९:०५