निजामती सेवा दिवसको अवसरमा न्यानो काख सेवा समाजलाई खाद्यान्न सहयोग

कमल कुमाल कालीकोट

निजामती सेवा दिवसको अवसरमा न्यानो काख सेवा समाजलाई शनिवार खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन बिकास ,समृद्धि र सुशासन भन्ने मूलनाराका साथ २१ औं निजामती सेवा दिवसको अवसरमा न्यानो काँख सेवा समाज नामको सो संस्थालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो।आमा–बुबा गुमाएका अनाथ तथा सहाराविहीन रहेका बालबालिकालाई २१ औं निजामती सेवा दिवसको अवसरमा ,प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपाली, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोटका प्रमुख कमलराज पाण्डे लगाएतका कर्मचारीहरुको उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।हस्तान्तरण गरिएका सामग्रीमा १६ बोरा चामल,४ पेटी तेल,२ बोरा दाल,४ केजी चना,२ पेटी साबुन,४ केजी चिउरा एउटा स्पिकर,३ केजी स्याउ लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया