दलित वस्तीलाई सोलार सहयोग 

कमल कुमाल ,कालीकोट
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ३ ले दलित वस्तीलाई सोलार सहयोग गरेको छ । गरिव विपन्न तथा आर्थिक अवस्था कमजोर भएका वडा नं. ३ का दलित वस्तीलाई सोलार सहयोग गरिएको हो । आर्थिक अभावका कारण विजुली बत्ति बाल्न नसक्ने दलित घरपरिवारलाई वडा नं. ३ ले सोलार सेट खरिद गरि हस्तान्तरण गरेको वडा नं. ३ का वडा अध्यक्ष रंगलाल देवकोटाले बताउनु भयो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

वडा नं. ३ मोट्टेपणा दलित टोलका १९ जना दलित घरपरिवारलाई २० वाट को सोलार सेट वितरण गरिएको हो । उज्यालोको अभावमा अध्यारो रात विताउन बाध्य उनिहरुले सोलार सेट पाएपछि खुसी हुदै वडा सरकारलाई धन्यवाद दिएका छन । उज्यालो नहुँदा साँझ विद्यार्थिलाई अध्ययनमा पनि ठूलो समस्या भएको थियो । अध्यारो रातमा अध्ययन गर्न असहज भएका विद्यािर्थहरु पनि ढुक्कले उज्यालोमा अध्ययन गर्न पाउने भएका छन ।

आफुहरुको समस्या बुझेर वडा सरकारले सोलार सेट दिएपछि अहिलेको दशैँ उज्यालोमा मनाउन पाईने उनिहरुको भनाई छ । पैशा हुनेले विजुली बत्ति जडान गरेपनि कतिपयले जडान गर्न सकेका छैनन् । उनिहरुलाई पनि सहज रुपमा उज्यालोको व्यवस्था गर्नका लागि विकासे वजेटवाट सोलार खरिद गरि दिइएको वडा अध्यक्ष देवकोटाले बताउनु भयो ।
विशेषगरि विद्यार्थिहरुलाई घरमा अध्ययन गर्नका लागि पनि सहज हुने र उज्यालो वाट बञ्चित नहुनु पर्ने बताउनु भयो । वडा नं. ३ का केहि वस्तीमा विजुली नपुगेको बताउदै उहाँले सवै टोलमा विधुत लाईन विस्तार गर्नका लागि पहल भईरहेको समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया