वडा अध्यक्ष गिरीद्धारा शैक्षिक सामाग्री हस्तान्तरण 

कालीकोट भदौ १८गते
जिल्लाको सान्नित्रिबेणी गाउपालिकाको वडा नं १ मा रहेका सामुदायीक बिद्यालयमा अध्ययनरत छात्र, छात्राहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

मंगलबार एक कार्यक्रमका विच वडा नं १ का वडा अध्यक्ष बैकुण्ठराज गिरिले शैक्षिक सामाग्रि हस्तान्त्रण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गिरीले शिक्षामा परिवर्तन ल्याउनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा कार्यरत शिक्षक हरुलाई निर्देशन समेत दिनुभएको छ ।

शिक्षा आयआर्जन गर्नुका साथै कपि कलम झोलाको जोह गर्न सडकमा ज्यालादारि गरिरहेका बालबालिकाको समस्यलाई मध्यनजर गर्दै मंगलबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , शिक्षक अभिबभावकहरूको उपस्तिथिमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थिको शिक्षामा गुणस्तर बढाउनका लागी शंकर मा.वि का १०४ ,अम्बिका आधारभुत बिद्यालयका ५९,भानुभक्त आधारभुत बिद्यालयका ३२ जना गरि जम्म १९५ जना बिद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको बिद्यालयका सुचना अधिकारी खेमराज गिरिले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया