सुनौला हजार दिनका आमाहरुलाई बहुक्षेत्रीय पोषणयुक्त खाद्य सामाग्री वितरण 

कमल कुमाल कालीकोट
हामी बनाउँछौं हाम्रो नगर भन्ने मूलनाराका साथ रास्कोट नगरपालीकाले सुनौला हजार दिनका आमाहरूलाई बहु क्षेत्रीय पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको छ । नगरपालीका स्थित आधारभूत स्वास्थ्य चौंकी स्यूना केन्द्रबाट २६ जना सुनौला हजार दिनका आमाहरुलाई बहुक्षेत्रीय पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा आउने सक्ने समस्यलाई मध्यनजर गरि बुधबार एक कार्यक्रमका विच सुनौला हजार दिनका आमाहरुलाई  दलिया, खिर, खिचडी जस्ता बस्तु लगायत झोलाहरु समेत  वितरण गरिएकोे नगर  प्रमुख धर्मराज शाही पोषणले बताए ।

साथै स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपाने ले मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन नदिन र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको बताउनु भएको छ ।

उहाँका अनुसार भादै १३ गते स्वास्थ्य चौंकी फुकोट र १४ गते स्वास्थ्य चौंकी सिपखाना बाट सुनौंला हजार दिनका आमाहरुलाई पोषण युक्त खाद्य सामाग्री वितरण गरिने समेत बताउनु भएको छ ।

पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएको पत्रकार टिकाराज उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया