कालीकाेट ,जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ मा शैक्षिक बहस सम्मपन्न भएको छ । बालबालिकाको सवालमा केन्द्रीत भएर आईतबार शैक्षिक बहस गरीएको हो । शैक्षिक बहसको मुख्य उद्देश्य विभिन्न दृष्टिकोणहरूलाई अध्ययन गरेर, विश्लेषण गरेर,शैक्षिक बहस गरीएको थियो ।
शैक्षिक बहस एक प्रभावकारी शिक्षण उपकरण हो जसले विद्यार्थीहरूको बौद्धिक विकास, तर्कशक्ति, र संचार कौशललाई सुधार गर्न मद्दत गर्छ । कार्यक्रम USAID को सहयोग प्लान नेपालको प्राविधिक सहयोग किर्डाक नेपाल द्धारा संञ्चालित USAID समतामूलक तथा समावेशी शिक्षा कार्यक्रम अन्तरगत शुभकालिका गाउँपालिका वडा नं ५ मा आईतबार पालिका स्तरीय बाल संरक्षण, बाल संवाद कार्यक्रम गरीएको हो । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यता, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यको विशेष आतिथ्यता , शुभकालिका गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाँई , शुभकालिका गाउँपालिकाका प्रत्यक विद्यालयका बिव्यस अध्यक्ष , बिद्यालयका प्रह शिक्षक लगाएतको सहभागितामा शैक्षिक बहस गरीएको थियो । शैक्षिक बहसमा बिभिन्न विषयमा शिक्षाकाे हालकाे अवस्था र बर्तमन अवस्थामा केन्द्रीत भएर छलफल गरीएको थियो । कार्यक्रममा बोेल्दै गाउँपालिकामा अध्यक्ष आचार्यले भन्नू भयाे गाउँपालिका बाट शिक्षामा आफ्नो पालिकाले २८ प्रतिशत बजेट छुटाउने गरेको बताए ।

आफ्नो पालिकाले शिक्षामा ठुलो लगानी गरिरहेकाे र प्रतिफलपनि पाएको आचार्यले बताए । सहभागि बालबालिको जवाफ दिदै , शिक्षामा केहिँ नयाँ तरीकाले परिवर्तन गर्न खोजेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताउनु भयो । आचार्यले भने आफूले गुणस्तरीए शिक्षा प्रदान गर्नका लागि सबै शिक्षक हरु संग निरन्तर छलफल गरिरहेकाे बताए । सहभागि सम्पूर्णले समग्र शैक्षिक आवस्था बारे सवाल जवाफ गरेका थिए ।
तिलाप्रेस । ९ भाद्र २०८१, आईतवार १९:२८