कमल कुमाल कालीकोट
नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । भदौ १५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता कुशलनाथ योगी लाई सम्मान गरिएको छ ।
कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता योगीलाई सम्मान गरेसँगै गजलकृति ‘कोहिनूर’ सार्वजनिक समेत गरियो छ । प्रा.डा. देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए ।

प्रमुख अतिथि प्रसिद्ध गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा समेत राख्नु भएको छ ।
नेपाली गजलको विकास र विस्तारका लागि’ मूलमन्त्र लिएको र गजल सुन्ने÷सुनाउने तथा आगामी दिनमा नेपाली गजललाई उच्च स्थानमा पु¥याउनका लागी आफुले महत्वपूर्ण भूमिका खेल्ने विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता योगीको भनाई रहेको छ ।
तिलाप्रेस । १६ भाद्र २०८१, आईतवार १७:१७