भाद्र ४ गते कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।
उक्त सूचनाअनुसार गत वैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो । भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने छन् । यसैबिच कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

तिलाप्रेस । ३२ श्रावण २०८१, शुक्रबार १७:०९