कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ मा रहेको सुकाटिया स्वास्थ्य चौकि राराकाटियाले आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परिक्षण प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सुकाटिया स्वास्थ्य चौकि राराकाटियाले दिएको सेवा ,सुविधाको प्रतिवेदन स्वास्थ्य चौकि राराकाटियाका प्रमुख खगेन्द्र प्रसाद चौलागाँईले प्रस्तुत गर्नु भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा शुभकालिका गाउँपालिका वडा नं ४ मा अनुमानित जनसंख्या २ हजार २ सय ४ जना लाई स्वास्थ्य सेवा दिनु पर्ने भएता पनि स्वास्थ्य चौकि राराकाटिया बाट २ हजार ६ सय ९० जना लाई बिभिन्न रोगका सेवा सुविधा दिएको बताउनु भयो । शुभकालिका गाउँपालिका वडा नं ४ मा वडा नं ५ र ३ का अधिकांस बिरामि आउने भएकाले पनि सेवादिएको बताउनु भयो । चौलागाँईले भन्नु भयो स्वास्थ्यको अवस्था र्जिण भएता पनि आफ्नो स्वास्थ्य चौकि राराकाटिया बाट पर्याप्त मात्रामा सेवादिएको र अब आउने दिनमा स्वास्थ्य चौकि लाई घेरबाड, मर्मत लगाएतका कुरा मा स्थानिय सरकाले ध्यान दिनुर्पे समेत बताउनु भएको थियो ।
उक्त कार्यक्रममा २०७८ सालमा स्वास्थ्य चौकि राराकाटियामा बर्थिङ सेन्टरमा बत्ति नभएको बेला बत्ति सहयोग गरेको भन्दै समाजसेवि हिरे सुनार लाई सम्मान समेत गरीएको छ । सुनारले भने रातिकाे समय थियो 8 बजि सकेकाे थियो । त्यत्तिबेला म कार्यपालिका सदस्य थिए आफूलाई कार्यपालिका बाट प्रराप्त हुने सेवा सुविधा बाट सहयोग गरेको बताउनु भयो । सुनारले दुखी हुदै भन्नु भयो , आफू स्वास्थ्य चौकिको बाटो हुदै हिड्दै थिय, एक सुत्केरी हुन नसकेकी महिला लाई देखे हेर्दा त स्वास्थ्य कर्मी हरुले मोबाईलको लाईट बालेर सेवादीएको देखेर त्यत्ति बेला स्थानिय सरकार संग पहल गर्दा पनि सहयोग नगरेपछि आफूले कार्यपालिका बाट प्रराप्त हुने सेवा सुविधा बाट सोलार दिएको बताउनु भयो ।
कार्यक्रम मा बोल्दै शुभकालिका गाउँपालिका वडा नं ४का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संञ्चालन तथा व्यवस्थापक समितिका अध्यक्ष प्रदिप प्रसाद चौलागाँईले आफ्नो तर्फबाट सबै सहयोग भएको बताउनु भयो । अबदेखी बालबालिकाको स्वास्थ्य चेकजाच गर्न एक बिद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम लागु गर्ने समेत बताउनु भएको छ ।

यो कार्यक्रम शुभकालिका गाउँपालिका वडा नं ४का प्रत्यक बिद्यालयमा लागु हुने समेत बताउनु भयो आफू स्वास्थ्य संस्था संञ्चालन तथा व्यवस्थापक समितिको अध्यक्ष भएकाले पनि स्वास्थ्य लाईपहिलो प्राथमिकता दिएर हेरीरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संञ्चालन तथा व्यवस्थापक समितिका अध्यक्ष प्रदिप प्रसाद चौलागाँईको सभाअध्यक्षता र नेकपा एमाले जिल्ला कमिटि सदस्य रबेद्र शाही , माओवादी पार्टिका हर्के सुनारको बिशेष आतिथ्यता र शिक्षक , समाजसेवि बिद्यार्थि लगाएतको उपस्थितिमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
तिलाप्रेस । ३२ श्रावण २०८१, शुक्रबार २१:००