कालीकोट
२५ औं अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा रास्कोट नगरपालिका स्थित बडिमालिका माध्यमिक विद्यालय अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालित भवनको क्षेत्रमै वृक्षारोपण कार्यक्रम संचालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालिकोटको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाको अगुवाईमा पालिका स्थित सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । वृक्षारोपणको लागि डिभिजन वन कार्यालय, कालिकोटले सल्ला, कोइराला र बकाईनाको विरुवाहरु उपलब्ध गराएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख लाल प्रसाद पोखरेलले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा यूवा पहुँच अभिवृद्धि” भन्ने मुल राष्ट्रिय नाराका साथ रास्कोट नगरपालिकाका यूवाहरु हातहातमा प्लेकार्ड लिएर नाराजुलुस सहित वृक्षारोपाण कार्यक्रममा जुटेका थिए ।
¥यालीमा रास्कोटका यूवाको गन्तव्य, हानिकारक मुल्य मान्यताको अन्त्य; यूवा समाज रुपान्तरण र राष्ट्रिय परिवर्तनका सम्बाहक हुन; युवा रोकिए संसार रोकिन्छ; दिगो विकास र स्थायित्व, यूवामा लगानि सरकारको दायित्व लगाएतका नाराहरु गुञ्जायमान गर्दै राष्ट्र निर्माण र समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका रहेको सन्देश प्रवाह गरिएको थियो ।

यूवा दिवसको अवसरमा बढ्दो जलवायू परिर्वतनलाई न्यूनिकरण गर्न सहयोग पुग्ने किसिमले युवा परिचालन मार्फत वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा हुरेन्डेक नेपाल कालीकोटलाई शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख पोखरेलले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख लगायत कर्मचारी, बडिमालिका माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्र.अ. लगायत शिक्षकहरु, पालिका स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र हुरेन्डेक नेपाल कालीकोटका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक डम्बर बोहोराले समृद्ध रास्कोटको नारा साकार पार्नका लागि परियोजनाले बाल विबाह लगायतका सामाजिक हानिकारक अभ्यास न्यूनिकरण सँगै जलवायू परिवर्तन अनुकुलनका लागि रास्कोटमा रहेका सुख्खा डाँडाकाँडाहरुमा निरन्तर वृक्षारोपण गर्ने बताउनु भयो ।
तिलाप्रेस । २९ श्रावण २०८१, मंगलवार ०५:५७