रास्कोट अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने 

कमल कुमाल कालीकोट

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जिल्लाको रास्कोट नगरपालीकामा रहेको रास्कोट अस्पताल गौतुकोट र स्वास्थ्य बीमा बोर्डबीच,स्वास्थ्य बीमा सेवा लागू गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा आज अस्पतालका तर्फबाट अस्पताल व्यवस्थापक,कौसल न्योपाने, स्वास्थ्य शाखा,प्रमुख जनकराज न्योपाने र बीमा बोर्डका तर्फबाट जिल्ला संयोजक सर्पराज रोकाया,विमा केलेन नन्दबहादुर मल्ल र विमा फोकल प्रशनल हरी पाण्डले हस्ताक्षर गरि  स्वास्थ्य बिमा बाट उपल्ध हुने सबै सेवाहरु सुचारु गरिने समेत बताईएको   छ ।

सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल ब्यवस्थापक,कौसल न्योपाने तथा स्वास्थ्य शाखा,प्रमुख जनकराज न्योपानेले बताउनु भयो ।

साथै रास्कोट नगरपालीका नगर प्रमुख धर्मराज शाही (पोषणले) आगामी भदौं १ गतेदेखि रास्कोट अस्पताल बाटै सेवा दिन सुरु गरिनुका साथै कार्यान्वयनमा आउने समेत बताउनु भएको छ ।

अस्पतालले तोकिएको दरमा बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख गरिएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिनुभएको छ   ।

तपाईको प्रतिक्रिया