कालीकाेट,जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ४ ले साेमबार एक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ गरेकाे छ । आर्थिक वर्ष २०८० /०८१ मा भएगरेका क्रियाकलापहरुकाे सार्वजनिक सुनुवाइ गरिएको हाे ।
शुभकालिका गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रदिप प्रशाद चाैलागाँईकाे सभा अध्यक्षता लगाएतका राजनीतिक दल, नागरिक समाज , बाल क्लब ,युवा क्लब समाजसेवी विभिन्न संघसंस्था , बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष लगाएतकाे उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियाे । कार्यक्रममा बाेल्दै स्थानीयले आगामी दिनमा शिक्षा ,स्वास्थ्य , खानेपानी ,कृषि , बाटाे सिचाइ लगाएतका कुरामा ध्यान दिन पनि आग्रह गरेका थिय ।

कार्यक्रममा आर्थिक वर्ष २०८९/०८० मा जम्मा विनियोजित रकम २५ लाख बजेट मध्य सडक , गाेरेटाे बाटाे , बिद्यालय सुधार ,धारा निर्माण, खेलकुद संचालन ,वृक्षरोपण , धार्मिक मन्दिर लगाएता संरचना निर्माण भएकाे वडा सचिव पृथ्वी बहादर शाहीले बताउनु भयाे शुभकालिका गाउँपालिकाकाे आ.व.२०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं ४ मा सबै विकासिकामकाे भुक्तानी भएको बताए । उक्त कार्यक्रम लाई समापन्न गर्दै वडा अध्यक्ष चाैलागाँईले भन्नू भयाे । आफू सरकारमा हुदाँ जनताको चित्तबुझउन निरन्तर लागि परेकाे बताए शुभकालिका गाउँ पालिकाकाे सन्दर्भमा वडन नं ४ मा धेरै विकास भएकाे आफू निकै संघर्षका साथ विकास निर्माणका काममा निरन्तर लागि परेकाे र पहिलाे प्रथमिक्ता शिक्षा, स्वास्थ्य ,खानेपानी ,कृषि ,सडक ,लाई दिएको बताए ।
तिलाप्रेस । ७ श्रावण २०८१, सोमबार १६:२८