कर्णाली राजमार्गमा जोडियो महावै गाउँपालिका

कालिकोट बेलीब्रिज बनेपछी कालिकोट जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउनका लागी लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो ।दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले रु एक करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताउनु भएको छ ।

तिला नदीमा पुल निर्माणका लागि पहल थालेको र महावै गाउँपालिकाका लाई कर्णाली राजमार्गमा जोड्न सफल भएको गाउँपालीका अध्यक्ष खेमबहादुर सिंह (भिजन) ले बताए । पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको थियौँ’, उनले भने, ‘सरकारले महावै गाउँपालिकाको समस्यालाई मध्यनजर गरेसँगै सेरावाडामा बेलिब्रिज निर्माण गरिएको सिंह बताए ।।

पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज भएको महावै गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया